भालुको आक्रमणबाट बालक घाइते
डोटी । भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने नौ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् । भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट लागेको छ ।
बालकको अहिले जिल्ला...
डोटीमा करदाता सेवा कार्यालय स्थापनाः स्थानीयवासीलाई सहज
डोटी ।
डोटीका नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनीमा करदाता सेवा कार्यालय स्थापना गरेसँगै यो बाध्यता हटेको हो ।
कार्यालयले सेवा सुरु गरेपछि...
कानूनी अड्चनका कारण नागरिकता लिन समस्या
डोटी ।
कानूनी अड्चनका कारण जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिन आएका सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै आएको छ । नेपाली नागरिकता लिनका लागि आफ्नो आमा, बुबाको नागरिकता अनिर्वायसहित सनाखत बस्ने व्यक्तिसमेत आफ्नै नातेदार हुनुपर्नेलगायतका कानूनी...
डोटीको केआइसिंह गाउँपालिकाकाका कर्मचारीमा कोरोना पुष्टि सम्पुर्ण सेवा बन्द
डोटी ।
जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।
गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आजबाट लागू हुने गरी...
डोटीमा किशोरी बलात्कार आरोपमा प्रहरीविरुद्ध मुद्दा
डोटी ।
जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी...
अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु
डोटी ।
अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वनमा गोठाला गएका बेलामा...
समयमै काम नसक्ने ठेकदारलाई कारबाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन
डोटी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको समयमा...
डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु
डोटी ।
जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले...
डोटीका व्यापारी चन्द्रराज जोशीलाई उपचारका लागि जहाज चार्टर्ड गरेर धनगढी लगियो
विमल बिष्ट
डोटीमा जहाज चार्टर्ड गरेर बिरामीलाई उपचारका लागि कैलाली लगिएको छ । दिपायल सिलगढी नगरपालिका–६ बस्ने ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशीलाई उपचारको लागि जहाज चार्टर्ड गरेर कैलालीको धनगढी लगिएको हो ।
एक घण्टा...
डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा
डोटी ।
जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पछिल्लो समय यहाँका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले...