Monday, July 26, 2021

दैनिक सञ्चार

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको नाममा बेदकोट नगरका रोडबाट शुल्क नउठाउन आदेश दिएको हो । उच्च अदालत दिपायल...

प्रचण्ड र रावलबीच जुहारीः रावल भन्छनः– प्रचण्डले एमाले ढाल्न खोजे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रती आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् । रावलले शनिबार राती विज्ञप्ति जारी गर्दै गठबन्धन सबैको आ–आफ्नो स्वार्थमा बनेको थियो भनेका छन् । माओवादी अध्यक्ष प्रचण्डले भीम...

अनियमित विद्युत कटौती रोक्न अनेरास्वबियु कन्चनपुरको माग

महेन्द्रनगर । अनेरास्ववियु कञ्चनपुरले विद्युत अनियमित राेक्न नेपाल विद्युत प्राधिकरणकाे ध्यानाकर्षण गराएकाे छ । केही दिनयता कञ्चनपुरमा विद्युत अनियमित भएपछि अनेरास्ववियुले विद्युत कटाैती राेक्न माग गरेकाे हाे । अाइतबार अनेरास्ववियुका नेताहरूले विज्ञप्ति जारी गर्दै अनियमित विद्युतलाई नियमित गर्न माग...

रेनुकाद्वारा जन्मदिनमा अनाथ बालबालिकालाई फलफुल वितरण

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१४ वनकट्टी बस्ने रेनुका नेगीले आफ्नो जन्मदिनको अवसरमा अनाथा बालबालिकालाई फलफुल वितरण गरेकी छन् । नेगीले २३ औं जन्मदिनको अवसरमा समाज कल्याण अञ्चल बाल अनाथालयमा आश्रित १४ जना बालबालिबालाई फलफुल तथा बिस्कुट बितरण गरेको हो । जन्मदिनमा फजुल खर्च...

कोरोना विरुद्धको खोप पु-याउन हिँडेकी अस्मिता जंगलमा मृत भेटिइन

महेन्द्रनगर । डडेल्धुराको भित्रि मधेश क्षेत्रको परशुराम नगरपालिका–८ गोपदेगडाकी २५ वर्षीया अस्मिता धामी स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीको काम गर्थिन । कोरोनाको दोस्रो लहरले गर्दा परशुराम नगरपालिका–९ जमरानीस्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितालाई कामको जिम्मेवारी अरु बेला भन्दा अलि बढि नै थियो...

ऐरीघाटका बाढी पीडितः त्रिपालमुनि बास, खानलाई छैन गाँस

महेन्द्रनगर । तौला राना कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीघाटस्थित विष्णुटोलमा बस्छन् । तौलाको परिवारमा तीन छोरा, दुई छोरी, बुहारी र दुधे नाती छन् । उनी महाकालीमा गिट्टी, बालुवा छानेर आफ्नो जीविकोपार्जन गर्ने गर्छन् । महाकाली नदीको किनार रहेको विष्णुटोलमा तौलाको जस्तै दैनिक बिताउने...

महाकाली नदी गाउँ पस्दा भीमदत्तमा डुबान

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढे पछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीघाटका १० घर डुवानमा परेका छन् । महाकाली नदी गाउँमा पसे पछि ऐरीघाटका १० घर डुवानमा परेको भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्ण सिंह देउपाले बताए । ‘पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकोले...

खैरो हिरोइन सहित बेलडाँडीबाट दुई जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का अनुसार पक्राउ पर्नेमा बेलडाडी गाउँपालिका–५ का २४ वर्षीय अनिल राना र जन्म कुमार राना रहेका छन् । उनीहरुको साथबाट एक ग्राम लागु औषध (खैरो हेरोईन)...

अनेरास्ववियु कञ्चनपुरद्धारा बाल अनाथालयमा खाद्यान्न सहयोग

महेन्द्रनगर । अनेरास्ववियु कञ्चनपुरले महेन्द्रनगरस्थित बाल अनाथलायमा खाद्यन्न सहयोग गरेको छ । सोमवार खाद्यान्न सामाग्री एक कार्यक्रमकाबीच बाल अनाथालयलाई हस्तान्तरण गरिएको हो । कोरोना संक्रमणको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले अनाथालयमा खाद्यान्न अभाव हुन थाले पछि सानो भए...

महाकाली अस्पतालमा डाइलासिस सेवा सञ्चालन हुने

महेन्द्रनगर । कञ्चनपुरको महाकाली अस्पतालमा डाइलासिस सेवा सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा डाइलासिस सेवा सञ्चालनका लागि डाइलासिस मेसिन लगायतका आवश्यक उपकरण खरिद गर्न ४ करोड बजेट अस्पताललाई दिने भएको हो । कोरोनाका गम्भिर प्रकृतिका बिरामीको उपचारमा आवश्यक...

लेखक बारे