लेखराजलाई ‘साक्षी’ राखेर पातलले भने–‘चुनाव हार्दैमा बाहिर जान्न, एमालेमै बस्छुँ’

Share post:

महेन्द्रनगर। नेकपा एमाले कञ्चनपुरका निर्वतमान अध्यक्ष वीरबहादुर थापा (पातल)ले एमाले नछाड्ने स्पष्टोक्ती दिएका छन् ।

अध्यक्षमा सुरेन्द्र बिष्टसंग पराजित भए पछि आफूमाथी बाह्य र पार्टी भित्रकै मानिसहरुले प्रहार गरिरहेको बताउँदै उनले एमालेमै बसेर संघर्ष गर्ने उद्घोष गरे ।

‘चुनाव हारे तर एमालेमै रहन्छु । अनावश्यक टिकाटिप्णी गर्नुको अर्थ छैन ।’ शुक्रबार नवनिर्वाचित जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा बोल्दै उनले भने, ‘जे जे गर्ने हो यही बसेर गरिन्छ, बाहिर जाने कल्पना पनि गर्न सकिन्न ।’

सहमति नजुटेपछि पार्टीको आन्तरिक प्रतिस्पर्धामा जानु लोकतान्त्रिक अभ्यास भएको बताए । पातल माओवादी पृष्ठभूमिका नेता हुन ।

एमाले कञ्चनपुरको सपथग्रहण कार्यक्रममा सुदूरपश्चिम इन्चार्ज लेखराज प्रमुख अतिथि रहेका थिए ।

ताजा समाचार