भारतबाट फर्किनेमा कोरोना, गड्डाचौकीमा आजै भेटिए ८६ बिरामी

Share post:

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना संक्रमण दिनहुँ बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार एकै दिन १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भीमदत्तमा १४, बेदकोटमा १, कृष्णपुरमा १, बेलौरीमा ५ र गड्डाचौकी नाकामा ८६ जना कोरोनाका नयाँ बिरामी भेटिएका हुन । तीमध्ये १०१ जनामा एन्टिजेन र ६ जनामा पीसीआर पोजेटिभ देखिएको छ ।

भारतमा कोरोना संक्रमण बढेसंगै गड्डाचौकी नाका भएर घर फर्किनेको भीडभाड छ । गड्डाचौकी नाकाबाट आउने मानिसमा कोरोना संक्रमण पुष्टि भइरहेको हो ।

यो संगै कञ्चनपुरमा कोरोना संक्रमणका संक्रिय संक्रमितको संख्या ६२० पुगेको छ ।

ताजा समाचार