मेयर असोक चन्द भन्छन– ‘चुनाव जित्नेले संसारै जिते ठान्नु भएन’

Share post:

महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्दले नेकपा एमाले कञ्चनपुरको ८ औँ अधिवेशनबाट सदस्यमा निर्वाचित नेताहरुलाई बधाई ज्ञापन गरेका छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको एमाले कञ्चनपुरको मतदानको अन्तिम परिणाम सार्वजनिक भएसंगै मेयर चन्दले नयाँ कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन ।

यो पनिः एमाले सुदूरपश्चिम सहइन्चार्ज राजेन्द्र रावललाई गृहजिल्लामै झट्का, श्रीमती र छोराले सदस्यमै हारे

उनले बधाई दिदै चुनावमा विजयी भएकाले संसारै जिते र हार्नेले जीवन नै सकियो भनेर नसोच्न आग्रह पनि गरेका छन् ।
‘विजेताले संसारै जिते भन्ने गर्नु हुदैन, उपविजेताले जीवनको अन्तिम चुनाव हारे भन्ने पनि सोच्नु हुँदैन । जित्नेले मन जित्नु पर्दछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हार्नेले मत जित्नका लागि मन जित्न नै बाकी रहेछ भन्ने अनुभूति गर्न सक्यो भने यसले लोकतान्त्रिक पद्धतिलाई सौन्दर्य दिन सक्छ । र राजनितीलाई स्वस्थ्य बनाउने यात्रा तिर अघि बढाउछ ।’

यो पनिः यस्तो बन्योे एमाले कञ्चनपुर हाक्ने ‘टीम सुरेन्द्र’ [सूचीसहित]

लोकतान्त्रिक अभ्यासबाट प्राप्त जस्तोसकुै परिणाम पनि स्वीकार्न सक्नु पर्ने उनको भनाई छ । मेयर चन्द पनि एमालेको सचिवमा चुनाव लडेका थिए । तर, उनी पल्लबराज भट्टसंग ७ मतले पराजित भएका थिए ।

ताजा समाचार