एमाले सुदूरपश्चिम सहइन्चार्ज रावलका श्रीमती र छोरा सदस्यमै हारे

Share post:

महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज राजेन्द्र रावललाई गृहजिल्ला कञ्चनपुरमा धक्का लागेको छ ।

एमाले कञ्चनपुरको ८ औँ अधिवेशन अन्तर्गत भएको निर्वाचनमा रावलका छोरा नितेश र धर्मपत्नी सरस्वतीदेवी जिल्ला कमिटी सदस्यमा पराजित भएका छन् ।

सुदूरपश्चिममा एमालेका शीर्ष नेतामा पर्ने रावलले श्रीमती सरस्वती र छोरा नितेशलाई पनि राजनीतिमा सक्रिय गराउन चाहेका थिए । तर, उनीहरुलाई राजनीतिमा ‘पहिलो गाँसमै ढुङगा’ लागेको छ ।

एमाले कञ्चनपुर जिल्ला कमिटीमा युवा सदस्य पदका उम्मेदवार नितेश पराजित भए । उनले कुल खसेको ४७० मतमध्ये ११६ मत मात्रै ल्याउन सके ।

यस्तै भीमदत्त नगरपालिका भूगोलबाट महिला खुला सदस्यकी उम्मेद्वार बनेकी सहइन्चार्ज रावलकी जीवनसंगी सरस्वती पराजित भइन ।

नेता रावलका छोरा नितेश र पत्नी सरस्वतीले लगभग एकनासैको मत पाएका छन । सरस्वतिले छोरा नितेश भन्दा एक मत बढी ११७ ल्याइन ।

ताजा समाचार