एमाले सुदूरपश्चिम सहइन्चार्ज राजेन्द्र रावललाई गृहजिल्लामै झट्का!

Share post:

महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज राजेन्द्र रावललाई गृहजिल्ला कञ्चनपुरमा धक्का लागेको छ ।

यो पनिः यस्तो बन्योे एमाले कञ्चनपुर हाक्ने ‘टीम सुरेन्द्र’ [सूचीसहित]

एमाले कञ्चनपुरको ८ औँ अधिवेशन अन्तर्गत भएको निर्वाचनमा रावलका छोरा नितेश जिल्ला कमिटी सदस्यमा पराजित भएका छन् ।

यो पनिः एमाले कञ्चनपुरमा पूर्वमाओवादी र दश बुँदे पक्षधरको बिजोग

सुदूरपश्चिममा एमालेका शीर्ष नेतामा पर्ने रावलले छोरा नितेशलाई पनि राजनीतिमा सक्रिय गराउन चाहेका थिए । तर, नितेशलाई राजनीतिमा ‘पहिलो गाँसमै ढुङगा’ लागेको छ ।

यो पनिः यी हुन एमाले कञ्चनपुरमा सुरेन्द्र बिष्ट भन्दा ‘लोकप्रिय नेता’!

एमाले कञ्चनपुर जिल्ला कमिटीमा युवा सदस्य पदका उम्मेदवार नितेश पराजित भए । उनले कुल खसेको ४७० मतमध्ये ११६ मत मात्रै ल्याउन सके ।

यो पनिः एमाले कञ्चनपुरः सदस्यमा जिते यी पाँच युवा नेता

 

ताजा समाचार