कञ्चनपुरमा मेयर सुरेन्द्र बिष्टको राजनीतिः स्ववियु सभापतिदेखि एमाले अध्यक्षसम्म

Share post:

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा निर्वाचित भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टसंग तीन दशक लामो राजनीतिक अनुभव छ ।

कञ्चनपुरमा ‘राजनीतिका चतुर खेलाडी’ मानिने बिष्टले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन ।

वि.सं. २०४७ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीका सहसचिव रहेको उनी त्यहीँ बेलादेखि सक्रिय रुपमा राजनीतिमा होमिएका थिए ।

उनी वि.सं. २०४९ सालमा सिद्धनाथ बहुमुखी क्याम्पस कमिटी सदस्य रहेका थिए । त्यस पछि अनेरास्ववियु कञ्चनपुरको चौथो जिल्ला सम्मेलनबाट सचिव बनेका उनी पाँचौँ सम्मेलनमा आयोजक कमिटीको संयोजक बसे ।

बिष्ट अनेरास्ववियु प्रथम महाकाली अञ्चल सम्मेलनको आयोजक कमिटी सदस्य पनि बनेका थिए । त्यस पछि उनी युवा संघ नेपाल जिल्ला कमिटी सचिव बनेर युवा संघको राजनीतिमा प्रवेश गरेका थिए ।

यो पनिः यी हुन एमाले कञ्चनपुरमा सुरेन्द्र बिष्ट भन्दा ‘लोकप्रिय नेता’!

विं.सं. २०५३ सालमा सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु सभापति बनेका बिष्टले वि.सं. २०५४ सालमा स्ववियु काउन्सिल केन्द्रीय सदस्यकोे जिम्मेवारी पाएका थिए ।

त्यही बेला उनी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य, सुदूरपश्चिम ब्युरो प्रमुख तथा विभाग प्रमुख पनि रहे । त्यस पछि उनी पार्टीको मूलधारको राजनीति होमिए । वि.सं. २०५४ सालमा नेकपा माले कञ्चनपुरको जिल्ला कमिटी सदस्य बनेका थिए ।

यस्तै नेकपा एमाले भीमदत्त नगर कमिटी सदस्य बनेका बिष्ट वि.सं. २०६३ सालमा एमाले कञ्चनपुरको जिल्ला कमिटी सदस्य रहेका थिए ।

वि.सं. २०६६ सालमा एमाले कञ्चनपुरको उपसचिव तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी उनले सम्हालेका थिए ।

वि.सं. २०६९ सालमा बिष्टले नेकपा एमालेको सचिव तथा संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका थिए ।

 

 

ताजा समाचार