यी हुन एमाले कञ्चनपुरमा सुरेन्द्र बिष्ट भन्दा ‘लोकप्रिय नेता’!

Share post:

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको ५ सदस्यीय पदाधिकारीमा उपसचिवका उम्मेदवारले सर्वाधिक मत प्राप्त गरेका छन् ।

उपसचिवमा विजयी कर्णबहादुर चन्द र फैरु तामाङले सर्वाधिक मत प्राप्त गरेका हुन । उनीहरुले कूल खसेको ४७० मतमध्ये क्रमशः ३४७ र २९६ मत प्राप्त गरेका थिए ।

यो पनिः एमाले कञ्चनपुरमा पूर्वमाओवादी र दश बुँदे पक्षधरको बिजोग

चन्द र तामाङले एमाले कञ्चनपुर संगठनभित्र ‘बलियो पकड’ रहेका भनिएका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र बिष्टलाई पनि उछिनेर ‘लोकप्रिय’ मत प्राप्त गरेका छन् । बिष्टले पदाधिकारीमा तेस्रो उच्च मत (२८१) प्राप्त गरे ।

चन्द र तामाङ अध्यक्ष बिष्टको प्यानलकै उपसचिव पदका उम्मेदवार थिए । एमाले कञ्चनपुरको पदाधिकारीमा बिष्टको प्यानल विजयी भएको थियो ।

बिष्ट प्यानलका उपाध्यक्षकी उम्मेदवार लक्ष्मी बुढाले २५४ र सचिवका उम्मेदवार पल्लबराज भट्टले २३३ मत प्राप्त गरेकी थिइन ।

यो पनिः सचिवमा हारेका मेयर चन्द भन्छन–‘पराजयले राजनीति सकिदैन’

ताजा समाचार