एमाले कञ्चनपुरमा लेखराज भट्ट पक्ष ‘क्लिन स्वीप’, पदाधिकारीमा ओली निकट विजयी

Share post:

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट प्यानल सहित निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न मतगणना अनुसार बिष्टले २८१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । एमाले अध्यक्ष केपी शर्मा ओली निकट बिष्टलाई सुदूरपश्चिम सहइन्चार्ज कर्ण थापा र कञ्चनपुर इन्चार्ज निरुदेवी पालको समर्थन रहेको छ ।

बिष्ट प्रतिद्धन्द्धी एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट निकट निवर्तमान अध्यक्ष बीरबहादुर थापा (पातल) ले १८३ मत मात्रै ल्याउन सके । थापा माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका नेता हुन ।

एमाले कञ्चनपुर जिल्ला कमिटी पदाधिकारीमा इन्चार्ज भट्ट निकट टिम पराजित भएको हो । एमाले कञ्चनपुरका नेता पुष्कर भट्टका अनुसार पदाधिकारीमा बिष्ट पुरै प्यानल सहित विजयी भएका छन् ।

उपाध्यक्षमा बिष्टको प्यानलकी लक्ष्मी बुढाले २५४ मत सहित विजयी भएकी छन् । ल्याउँदा उनका प्रतिद्धन्द्धी महेश पन्तले २०५ मत मात्र गरे ।

सचिवमा बिष्ट प्यानलका पल्लबराज भट्ट २३३ मत सहित विजयी भए । थापा प्यानलका सचिवका उम्मेदवार ७ मतले जितमा चुके । उनले २२६ मत प्राप्त गरेका थिए ।

यस्तै उपसचिवमा बिष्ट प्यानलका कर्णबहादुर चन्द ३४७ मत र फैरु तामाङ २९६ मत सहित विजयी भएका छन् ।

ताजा समाचार