कांग्रेस कञ्चनपुरमा रमेश भर्सेस एनपीः पदाधिकारीमा कस्का कति ?

Share post:

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा नेता रमेश लेखक निकट पदम बोगटी निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न मतगणना अनुसार उनले ८०६ मत प्राप्त गरेका छन् । उनका निकटत प्रतिद्धन्द्धी संविधानसभा सदस्य नेता एनपी साउद निकट बहादुर सिंह थापाले ७१५ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा साउद प्यानलका दुवै उम्मेदवार विजयी भएका छन् । साउद प्यानलका मीनबहादुर सिंह ७८६ र हरिशचन्द्र राना ७६३ मत सहित विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्धन्द्धी लेखक प्यानलका शंकर चन्द ७४० र दिवाकर पाण्डेयले ७०४ मत प्राप्त गरे ।

सचिवमा पनि साउद निकट उम्मेदवार विजयी भएका छन् । सचिवमा हेमराज ओझा र भीमराज भट्ट क्रमशः ७३० र ७२९ मत ल्याएर विजयी भए । उनीहरुका निकटत प्रतिद्धन्द्धी लेखक प्यानलका सिद्धराज भट्ट र जनकसिंह धामीले क्रमशः ७१३ र ६८० मत प्राप्त गरे ।

यस्तै सचिव पदका स्वतन्त्र उम्मेदवार तर्कराज भट्टले १३० ल्याए ।
सहसचिवमा लेखक र साउदका एक एक जना विजयी भएका छन् ।

साउद प्यानलका सहसचिवका उम्मेदवार नाफुसिंह साउद र लेखक प्यानलका पुष्कल चौधरीले ६७४ मत ल्याएर विजयी भए ।
लेखक प्यानलका सहसचिव पदका अर्का उम्मेदवार कविराज भट्टले ६४९ र साउद प्यानलका हरीप्रसाद अधिकराीले ६१७ मत ल्याए । सहसचिवकै स्वतन्त्र उम्मेदवार कलकबहादुर सिंहले २९७ मत प्राप्त गरे ।

ताजा समाचार