दिलेन्द्र बडूको गृहजिल्लामा ‘शेर बहादुर देउवा’ निकट उम्मेदवार पराजित

Share post:

महेन्द्रनगर । दार्चुलामा कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा जिल्ला सभापति पदमा ललितसिंह बोहरा विजयी भएका छन्।

खसेको कूल ९५६ मतमध्ये ६२० मत ल्याउँदै उनी कांग्रेसको जिल्ला सभापति बनेका हुन्।

उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत मात्रै ल्याएका छन्।

बोहरा ३११ मतान्तरले विजयी भएका हुन्। विजयी भएका बोहरा संस्थापन इतर समूहका हुन भने पराजित धामी संस्थापन पक्षका हुन ।

ताजा समाचार