Monday, December 6, 2021

एनपीसंगको चारदशक लामो सम्बन्ध ‘ब्रेक’, जसले हराए उनकै ‘क्याम्पमा ब्याक’

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद निकट कञ्चनपुरका नेता पदम बोगटीले उनीसंगको चार दशक लामो सम्बन्ध तोडेका छन् ।

साउदसंगको सम्बन्ध तोडेर उनी केन्द्रीय सदस्य रमेश लेखकको समूहमा गएका छन् । लेखकले आफ्नो प्यानलबाट बोगटीलाई नेपाली कांग्रेस कञ्चनपुरको सभापतिको उम्मेदवार बनाएका छन् ।

नेता लेखकले सभापतिको उम्मेदवारका रुपमा अघि सारेसँगै नेता साउद र बोगटीबीच चार दशक लामो सम्बन्ध चिसिएको छ । २०४८ सालमा पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय अध्यक्ष हुँदा साउदले बोगटीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

शिक्षा तथा खेलकूद राज्यमन्त्री हुँदा उनले बोगटीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय सदस्य बनाएका थिए । कांग्रेसको केन्द्रीय राजनीतिमा सभापति देउवाका विश्वास पात्र मानिने नेताद्वय साउद र लेखक कञ्चनपुरमा आपसमै प्रतिष्पर्धा गर्दै आएका छन् ।

१४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा अहिलेसम्म सम्पन्न भएका अधिवेशनमा पनि दुबै नेताहरु फरक–फरक समूह बनाएर आफूनिकट नेताहरुलाई चुनावी प्रतिष्पर्धामा उतारेका थिए ।

लेखकको समर्थनमा पूर्वजिल्ला सचिव पदम बोगटी सभापतिका उम्मेदवार छन् । लेखकले अघि सारेका उम्मेदवार बोगटी कांग्रेस कञ्चनपुरको १५ वर्षसम्म सचिव भइसकेका नेता हुन् ।

उनी १३ औँ महाधिवेशनमा लेखक समूहबाट प्रतिष्पर्धामा उत्रिएका हरिप्रसाद बोहोरासँग सभापतिमा पराजित भएका थिए ।

जिल्ला सभापति बोहरा कञ्चनपुर–२ मा सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि लेखकले साउदनिकट बोगटीलाई आफ्नो समूहमा भित्र्याएका हुन् ।

लेखकको समूह कञ्चनपुर–२ मा ‘क्लिन स्वीप’ भएको थियो । बोगटी नेता लेखकको प्रभाव रहेको कञ्चनपुर–३ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए ।

राजनीतिमा निष्ठावान नेताका रुपमा संविधानसभा सदस्य थापालाई नेता साउदले अघि सारेपछि लेखकले साउदनिकट सादगी जीवन र निष्कलंक छवि भएका बोगटीलाई उम्मेदवार बनाएका हुन् ।

बोगटीअघि उनले जिल्ला सचिव दिवाकर पाण्डेय र महाधिवेशन प्रतिनिधि खगेश्वर बोहरामध्ये एकजनालाई उम्मेदवार बनाउन चाहेका थिए ।

तर, दुबै जना संविधानसभा सदस्य थापासँग निर्वाचन जित्न नसक्ने मनस्थिति बनाएपछि नेता लेखकले साउदकै ‘प्रिय पात्र’लाई अघि सारेका हुन् । लेखक प्यानलबाट उपसभापतिमा दिवाकर पाण्डेय, शंकरबहादुर चन्द, सचिवमा सिद्धराज भट्ट, जनकसिंह धामी, सहसचिवमा कविराज भट्ट र पुष्कल चौधरी उम्मेदवार छन् ।

उता कञ्चनपुरमा जिल्ला अधिवेशनका लागि एनपी साउदले सभापतिमा बहादुरसिंह थापालाई अघि सारेका छन् ।
एनपीको प्यानलमा उपसभापतिमा हरिशचन्द्र राना र मीनबहादुर सिंह, सचिवमा भीमराज भट्ट र हेमराज ओझा छन् । यस्तै सहसचिवमा नाफुसिंह साउद र हरिप्रसाद अधिकारीलाई उम्मेदवार बनाइएको छ ।

संविधानसभा सदस्यसमेत रहेका थापाको प्यानललाई कांग्रेस केन्द्रीय सदस्य एनपी साउद र संविधानसभा सदस्य दिवानसिंह बिष्टको समर्थन छ । साउद र बिष्ट वडा अधिवेशनदेखि नै कञ्चनपुरमा सहकार्य गर्दै आएका छन् ।

संविधानसभा सदस्य थापा कांग्रेस कञ्चनपुरका पूर्वसभापति पनि हुन् । उनले २०५७ देखि २०७२ सम्म कांग्रेस कञ्चनपुरको नेतृत्व गरिसकेका छन् । जिल्ला नेतृत्वमा आउनु अघि थापा २०४७ सालदेखि दुई कार्यकाल क्षेत्रीय सभापति थिए ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय