Monday, December 6, 2021

एनपी र दिवान मिल्दा रमेशलाई ‘वर्चश्व जोगाउन सकस’!

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकलाई कञ्चनपुरमा ‘आफ्नो पकड कायमै राख्न सकस’ परेको छ ।

नेता एनपी साउद र दिवानसिंह बिष्टले मिल्दा लेखकलाई आफ्नो वर्चश्व यथावत राख्न सकस परेको हो ।

कांग्रेस कञ्चनपुरको सभापतिका लागि संस्थापन पक्षका नेताद्धय रमेश लेखक र एनपी साउदबीच नै प्रतिस्पर्धा हुदैछ ।
पालिका, प्रदेश क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा प्यानल बनाएर चुनावमा उत्रिएका लेखक र साउद जिल्ला अधिवेशनमा पनि भिड्ने भएका हुन ।

लेखक प्यानलबाट कांग्रेस कञ्चनपुरको सभापतिमा पूर्व सचिव पदम बोगटी र साउद प्यानलबाट संविधानसभा सदस्य तथा पूर्व सभापति बहादुरसिंह थापा चुनावी मैदानमा छन् ।

केन्द्रमा प्रधानमन्त्री एंवम् सभापति शेरबहादुर देउवाका ‘विश्वासपात्र’ मानिने नेताद्धय लेखक र साउद गृहजिल्ला कञ्चनपुरमा भने आ–आफ्नै गुट चलाउँछन् । अहिले साउदलाई संविधान सभा सदस्य दिवानसिंह बिष्टले साथ दिइरहेका छन् ।

पूर्वमन्त्री साउद संविधानसभा सदस्य बिष्टसंग मिलेर लेखकको पकड तोडेर आफ्नो वर्चश्व जमाउने रणनीतिमा सक्रिय छन् भने लेखक आफ्नो वर्चश्व यथावत राख्न योजनामा छन् ।

‘एनपी र रमेश दाई दुवै संस्थापन पक्षकै नेता हुन । तर, उहाँहरु आफू बलियो बन्न अहिले अधिवेशनमा तीव्र गुटबन्दीमा लागेका छन्,’ कांग्रेसका एक नेताले दैनिक सञ्चारसंग भने, ‘रमेश दाई विरुद्ध अहिले एनपी र दिवान दाई लागेका छन् । उहाँहरुले गठबन्धन नै बनाएका छन् ।’

पालिका, प्रदेश क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा लेखक र साउद–बिष्ट प्यानल बनाएर चुनावमा होमिएका थिए । साउद र बिष्ट मिल्दा कांग्रेसको आन्तरिक शक्ति संघर्षमा लेखक कमजोर बनेका छन् ।

लेखकको निर्वाचन क्षेत्र नम्बर ३ मा बलियो पकड छ भने साउदको क्षेत्र नम्बर २ मा बलियो पकड छ । यस्तै निर्वाचन क्षेत्र नम्बर १ मा पौडेल निकट मानिने दिवानसिंह बिष्टको पकड बलियो छ ।

जिल्ला कार्यसमितिमा निर्णायक बन्ने बिष्ट समूह साउदसंग मिलेकोले लेखकलाई आफ्नो प्यानल जिताउन अफठ्यारो पर्ने कांग्रेस नेताहरुको अनुमान छ । ‘एनपी र दिवान दाईको सहकार्य जिल्ला अधिवेशनमा पनि निरन्तरता पाउने भएको छ, क्षेत्र नम्बर १ निर्णायक रहन्छ,’ ती नेताले भने, ‘यसो भयो भने रमेश दाइलाई गाह«ो हुन्छ ।’

ती नेताका अनुसार क्षेत्र नम्बर १ का ५३० मतदातामध्ये अधिकाँस मतदाता नेता बिष्ट निकट छन् । एनपी र दिवान मिल्दा लेखकले प्रदेश क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय चुनावमा ‘नमिठो परिणाम’ भोगेका छन् ।

प्रदेश क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय चुनावमा लेखक आफ्नो निर्वाचन क्षेत्र ३ मा मात्रै विजयी भएका थिए । निर्वाचन क्षेत्र नम्बर १ र २ मा लेखकको प्यानल पराजित भएका थिए भने साउद–बिष्ट प्यानल विजयी भएको थियो ।

पूर्वमन्त्री लेखकले जिल्ला कार्य समितिका लागि आफू निकट प्यानलको घोषणा गरेका छन् । लेखक प्यानलबाट सभापतिमा पदम बोगटी, उपसभापतिमा दिवाकर पाण्डेय, शंकरबहादुर चन्द, सचिवमा सिद्धराज भट्ट, जनकसिंह धामी, सहसचिवमा कविराज भट्ट र पुष्कल चौधरी उम्मेदवार छन् ।

लेखकले सभापतिमा अघि सारेका बोगटी एनपी साउद निकट नेता हुन । तर अहिले जिल्ला अधिवेशनमा बोगटीलाई लेखकले आफ्नो समूहमा तानेका छन् ।

यसअघिको जिल्ला अधिवेशनमा बोगटी एनपी प्यानलबाट सभापतिमा चुनाव लडेका थिए । यद्यपी लेखक निकट हरीप्रसाद बोहरासंग उनी पराजित भएका थिए । उनै बोगटी अहिले लेखकको प्यानलबाट सभापतिको उम्मेदवार बनेका हुन ।

लेखक निकट वर्तमान सभापति हरीप्रसाद बोहरा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि सभापति बन्ने दौडबाट बाहिरिएका थिए ।

उता साउद–बिष्टको प्यानलबाट सभापतिका लागि संविधानसभा सदस्य बहादुरसिंह थापालाई अगाडि सारिएको छ ।

यस्तै उपसभापतिमा मीन बहादुर सिंह र हरिचन्द्र राना, सचिवमा भिमराज भट्ट र हेमराज ओझा तथा सहसचिवमा नाफुसिंह साउद र हरिप्रसाद अधिकारीलाई प्यानलमा राखिएको छ ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय