Monday, December 6, 2021

एनपी–दिवान समूहमा निरन्तर छलफल, तर लागेन अझै उम्मेदवारको टुङगो!

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनमा नेताद्धय रमेश लेखक र एनपी साउदको प्यानलकोबीच प्रतिस्पर्धा हुने भएको छ ।

लेखकले समूहले प्यानल घोषणा गरेको छ । तर एनपी समूहले भने अझै आफ्नो प्यानल टुङग्याउन सकेको छैन ।

पालिका, प्रदेश क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा साथ दिएको दिवान सिंह बिष्ट समूहले एनपीलाई जिल्ला अधिवेशनमा पनि सघाउने भएको छ ।

‘दिवान र एनपी दाईको सहकार्यले जिल्ला अधिवेशनमा पनि निरन्तरता पाउने भएको छ, हामीबीच समझदारी भएको छ’, एनपी निकट एक स्रोतले भन्यो ।

एनपी समूहले सभापतिमा संविधानसभा सदस्य तथा पूर्वसभापति बहादुरसिंह थापालाई अघि सारेको छ । तर अन्य पदाधिकारीको नाममा भने सहमति जुट्न सकेको छैन । निरन्तर छलफल भइरहे पनि पदाधिकारीमा आँकाक्षी बढि हुँदा सहमति जुट्न नसकेको एक नेताले बताए ।

‘दिवान र एनपी दाई दुवैका मान्छेलाई समेटनु पर्ने भएकाले नाम टुङगिएको छैन । छलफल भइरहेको छ,’ दिवान निकट एक नेताले भने, ‘बेलुकासम्म अन्यको पदाधिकारीका उम्मेदवारको नाम टुङगिन्छ ।’

उनका अनुसार उपसभापतिमा हरिचन्द्र राना अथवा बन्धु रानामध्ये एक आउने छन् ।

लेखकले एनपी निकट पदम बोगटीलाई आफ्नो समूहमा ल्याएर सभापतिको उम्मेदवार बनाएको छ । उनी कांग्रेस कञ्चनपुरका पूर्व सचिव हुन ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय