Monday, December 6, 2021

एमाले केन्द्रीय सदस्यमा मेयर अशोक चन्दले गरे उम्मेदवारी घोषणा

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

युवा नेता चन्दले सुदूरपश्चिम भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

मेयर चन्दले देशभरका किसानका मुद्धालाई पार्टी र राज्यको केन्द्रीय तहमा स्थापित गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको मेयर चन्द बताउँछन् ।

युवा पुस्तालाई नेतृत्वमा ल्याउनु पर्ने बताउँदै उनले त्यो मौका दिनु पर्नेमा जोड दिए ।

‘मान्छेसंग सिर्जनशिलता हुन्छ, उसलाई निश्चित कालखण्डमा प्रयोग गर्न दिनु पर्छ । युवा पुस्ताले नेतृत्व गर्न चाहन्छ, हस्तछेप होइन,’ उनले भने, ‘त्यसैले अहिलेको नयाँ पुस्ताको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हो ।’
आफूले तीन दशकदेखि पार्टीमा अनवरत रुपमा काम गरेको उल्लेख गर्दै नगर प्रमुख चन्दले कम्युनिष्ट सिद्धान्तलाई जिवित राख्ने बताएका छन् ।

उनी नेपाल नगरपालिका संघका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर सरकारी बित्त परिषद्का केन्द्रिय सदस्य पनि हुन ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय