Monday, December 6, 2021

कञ्चनपुरबाट ४ जना एमाले महाधिवेशन प्रतिनिधि मनोनित

महेन्द्रनगर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुरबाट चार जना मनोनित भएका छन् ।

कञ्चनपुरका सांसद इन्दु कडरिया, संविधानसभा सदस्य कृपाराम राना, हिरा सार्की र गोबिन्द प्रसाद कलौनी प्रतिनिधिमा मनोनित भएका हुन ।

‘निर्णयको सूची आएको छैन,’ प्रतिनिधि मनोनितमा परेका कृपाराम रानाले भने, ‘तर, म सहित चार जना मनोनित भएको जानकारी आएको छ ।’

यसअघि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट महाधिवेशनका लागि १६ जना प्रतिनिधि चयन भएका थिए ।

क्षेत्र नम्बर १ मा निर्वाचनमार्फत एमाले (कञ्चनपुर) का अधयक्ष बिरबहादुर थापा (पातल), सहसचिव पल्लवराज भट्ट, भूमि सम्बन्धि समस्या समाधान आयोग कञ्चनपुर की पूर्वअध्यक्ष कमला बोहरा, हिरा सिंह बिष्ट र भक्तराज अधिकारी प्रतिनिधि छानिएका थिए ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसद नरबहादुर धामी, बेदकोट नगरपालिका मेयर अशोक कुमार चन्द, युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिंह, रणबहादुर महरा, चाँदनी धामी र लक्ष्मी बुढालाई एमाले कञ्चनपुरले प्रतिनिधि छानेको थियो ।

निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय सांसद डा.दीपकप्रकाश भट्ट, एमाले जिल्ला सचिव सचिव तथा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, कृष्णदेव पन्त, खिमा चन्द, नरबहादुर विश्वकर्मा र भारमल सुनार प्रतिनिधि चयन भएका छन् ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय