Monday, December 6, 2021

गठबन्धन टुट्दैन, चुनावसम्मै जान्छः प्रचण्ड

महेन्द्रनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी तीनै तहको निर्वाचनसम्मै पाँच दलीय गठबन्धन कायम रहने दाबी गरेका छन् ।

बुधबार बिहान धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सबैले गठबन्धन चाहेकाले चुनावसम्मै गठबन्धन कायम रहने दाबी गरेका हुन ।

‘पाँच दलीय गठबन्धन चल्दैन, टिक्दैन कि भनेर आशंका गर्ने या भ्रम फैलाउने स्थितिको अन्त्य भइसकेको छ,’ उनले भने, ‘गठबन्धनले प्रधानमन्त्री, मन्त्री बन्न पाइएको छ, सरकार चलाउन पाइएको छ, अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ र ! यो त मिल्ने कुरै होइन नि ।’

कांग्रेसका केही नेताले महाधिवेशनमा भोट पाउनमात्रै गठबन्धन हुँदैन भन्ने गरेको उनको दाबी छ । आन्तरिकरूपमा सबैले गठबन्धन चाहेको प्रचण्डको भनाइ थियो ।

‘कांग्रेस महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन् । तर भित्री रूपमा गठबन्धन नगरी हुँदैन भन्ने ती नेताले पनि राम्ररी बुझेका छन्,’ उनले भने, ‘त्यसैले तीनै तहको निर्वाचन सम्म गठबन्धन हुन्छ, त्यसका लागि अहिले सवै दलबीच राम्रो समझदारी बनेको छ ।’

पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको उनले बताए । ‘पाँच दलीय समन्वय समिति भनेर उच्चस्तरमा संयन्त्र बनाएका छौंँ । त्यो पार्टीहरू बीचको संयन्त्र हो,’ उनले भने, ‘सरकारलाई निर्देशन गर्ने, सरकारभन्दा माथि होइन ।’

तत्कालै राष्ट्रिय सभामा खाली हुने १९ सिटमा गठबन्धनका दलहरू मिलेर चुनाव लड्ने नीतिगत र व्यवहारिक निर्णय नै गरिसकिएको उनले जानकारी दिए ।

‘राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलले संयुक्त उम्मेदवार बनाउने पक्का भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यो तालमेल आगामी अन्य चुनावका लागि बलियो आधारसमेत बन्ने छ ।’

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय