Monday, December 6, 2021

कांग्रेस बैतडी अधिवेशनः चन्द प्यानलै जित्नमा चुके, पदाधिकारी को को आए ?

महेन्द्रनगर । नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । बुधवार बिहान सम्पन्न मतगणना अनुसार नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चन्दले ८०९ मत ल्याएर कांग्रेस बैतडीको सभापतिमा निर्वाचित भएका हुन ।

उनका निकटतम् प्रतिद्वन्द्धी शिवराज भट्टले ४८९ मत मात्रै प्राप्त गरे । चन्द र भट्ट प्यानल सहित चुनावमा होमिएका थिए । चन्द प्यानल एउटा उपसभापति बाहेक अन्य सबै पदाधिकारीमा विजयी भएको छ ।

उपसभापतिमा शिवराज भट्ट प्यानलका बिरबहादुर बिष्ट ६५८ मत सहित विजयी भएका छन् । यस्तै उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर निर्वाचित भए ।

उपसभापति पदमा पराजित चन्द प्यानलका रमेशदत्त पाण्डेले ६०८ र भट्ट प्यानलका हरिसिंह धामीले ५५२ मत मात्रै प्राप्त गर्न सके ।

सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द र देवराज जोशी क्रमशः ६४० र ६३३ मत सहित विजयी भएका छन् ।
उनीहरुका निकटम प्रतिद्धन्द्धी रमेशसिंह भण्डारी र कर्णबहादुर बोहराले क्रमशः ५९५ र ५२९ मत ल्याए ।

यस्तै सहसचिवमा पदमा चन्द प्यानलका दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाड क्रमशः ६६६ र ६५४ मत ल्याएर विजयी भएका छन् । भट्ट प्यानलका घनश्याम भट्ट ५३० र रमेश कोली ५७४ मत मात्रै ल्यान सके ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय