Monday, December 6, 2021

भूपेन्द्र हत्या प्रकरणः फरार आरोपी मदन शाही सुनसरीबाट पक्राउ

महेन्द्रनगर । कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या घटनाका एक जना फरार आरोपी पक्राउ परेका छन् ।

फरार हत्या आरोपी कैलाली लम्कीचुहा नगरपालिका– ३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टले जानकारी दिए ।

उनका अनुसार आरोपी शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरी धरान उपमहानगरपालिका–४ बाट नियन्त्रणमा लिइएको हो ।

यो संगै भूपेन्द्रको हत्या आरोपमा १० जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरमा भूपेन्द्रका परिवारले चिसापानीका नविन रावलसहित १६ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

ती आरोपीमध्ये घटनाका ‘योजनाकार’ नविन रावलसहित ६ जना अझै फरार छन् । भूपेन्द्रको हत्याका आरोपी लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले र विकास खड्कालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

२३ कार्तिक राती लम्कीचुहा नगरपालिका–१ लम्की बजारका २२ वर्षीय भूपेन्द्रको टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर एक समूहले हत्या गरेको थियो ।

घटनाको ईलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले अनुसन्धान गरिरहेको छ ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय