Monday, December 6, 2021

मूल्यवृद्धिको विरोधमा सडकमा उत्रिए विद्यार्थी (फोटो फिचर)

महेन्द्रनगर । मूल्यवृद्धिको विरोधमा सत्तारुढ र प्रतिपक्ष दल निकट विद्यार्थी संगठन सडकमा उत्रिएको छ ।

पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुमा भएको मूल्य वृद्धि फिर्ताको माग गर्दै सत्तारुढ र प्रतिपक्ष दल निकट विद्यार्थी संगठन संयुक्त रुपमा आन्दोलनमा होमिएको हो ।

केन्द्रीय कार्यक्रम अनुसार आइतबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पनि संयुक्त रुपमा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

‘२० दिनदेखि मूल्य वृद्धिको विरोधमा विद्यार्थी संगठन आन्दोलनमा छन् । त्यसकै निरन्तरतामा आज विरोध प्रदर्शन गरिएको हो,’ अनेरास्ववियु क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले भने, ‘केपी ओलीको प्रतिगमनको सरकार ढले पछि गठबन्धनको सरकार छ । सरकारले पनि मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको छ । सरकार र पार्टीप्रति प्रतिवद्ध विद्यार्थी संगठन टुलुटुल हेरेर बस्न सक्दैन ।’

संयुक्त विद्यार्थी संगठनले महङ्गी र मूल्य वृद्धिको विरोधमा लगातार आन्दोलन गरिरहे पनि सरकारले आफूहरुको माग सम्बोधन नगरेको उनको भनाई छ ।

फोटोमा हेर्नुहास् विरोध प्रदर्शन

May be an image of 11 people and people standing

May be an image of 13 people, people standing, outdoors and tree

No description available.

 

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय