Monday, December 6, 2021

सम्झनामा ‘नरबहादुर’

रमेश बोहरा/देउलेख ।
मानिस जन्मले होइन कर्मले महान बन्दछ । सिर्जनशील कर्म जनताका हकहितका लागि समर्पण गर्ने मानिस नै सबैको प्रिय बन्छन् । कर्मले गर्दा नै प्राण त्यागे पछि पनि मानिस सधै सम्झनामा रहिरहन्छन् ।

यस्तै व्यक्तित्वहरु अन्तर्गत पर्छन– बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्ष स्व. नरबहादुर बोहरा पनि ।
उनले जीवनको उतराद्र्धसम्म राजनीतिलाई कर्म बनाए ।

बझाङको दुर्गम तत्कालीन स्याडी गाउँ विकास समिति वडा नम्बर ६ पैरामा वि.सं. २०१८ साल चैत्र ८ गतेका दिन उनी जन्मेका थिए । पिता उदारो बोहरा र माता मनुरी देवि बोहराको कोखबाट जन्मेका बोहरा बाल्यकाल देखि नै सहयोगी र मिलनसार स्वभावका थिए । उनी सामान्य घरबाट प्रतिनिधित्व गर्छन ।

उनले महादेव माध्यमिक विद्यालय स्याडी लिमबाट कक्षा ८ सम्म शिक्षा हासिल गरे । त्यस पछि डिलेश्वरी माध्यमिक विद्यालय पुर्चोडी हाट (बैतडी)बाट कक्षा १० उर्तिण गरे ।

गरिब घरपरिवारका बोहराको आर्थिक अभावले अध्ययन त्यतीकैमा रोकियो । उच्च शिक्षा पढ्ने मन हुँदा हुदै पनि पारिवारिक स्थितले त्यो सम्भव हुन सकेन । र, २४ वर्षको उमेरमा घरपरिवारको खर्च चलाउन उनले रोजगारीका लागि भारत हानिनु प-यो ।

उनले भारतको पिथौरागढमा करिब ४ वर्ष काम गरे । त्यस पछि स्वदेश फर्किए । पछि गाउँमै उनले व्यापार, व्यवसाय गरे । संग संगै नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय थिए ।

बोहरा वि.सं.२०४३ सालमा क्षेत्रपालमा चुनाव लडे । तर, विजयी हुन सकेनन् । त्यस बेला क्षेत्रपालमा उनी पराजित भएका थिए । वि.सं. २०४४ साल देखि उनले नेपाली कांग्रेसको संगठित राजनीति थालेका थिए ।

वि.सं. २०४६ सालमा पञ्चायत कालमा वडा अध्यक्ष बने । वि.सं.२०५१ सालमा महादेव माध्यमिक विद्यालयमा ३ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी समेत उनले सम्हालेका थिए ।

यस्तै वि.सं.२०६० सालमा शिक्षक अभिभावक संघका अध्यक्ष बने । वि.सं. २०७४ सालमा सम्पन्न स्थानीय तह चुनावमा उनी फेरी वडाध्यक्ष बन्ने इच्छा जाहेर गरे । नेपाली कांग्रेसले पनि उनलाई विश्वास गरेर वडाध्यक्षको टिकट दियो । र, बित्थडचिर गाउँपालिका–३ को अध्यक्षमा बिजयी पनि भए ।

बोहराले समाज सुधारका लागि लिएको अग्रसरता तथा खेलेको भूमिकाको अहिले पनि स्थानीय प्रशंसा गर्दछन् । विद्यालय व्यवस्थाप, जनप्रतिनिधि लगायतले उनले सम्हालेका जिम्मेवारी पूर्ण रुपले निर्वाह गरे । र, जनतामाझ आफ्ने छुट्टै छाप छोडेर अलप भएका छन् ।

गत बिहिबार बोहराकोे ५८ वर्षको उमेरमा निधन भएको थियो । दमका बिरामी रहेका उनको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा निधन भएको हो ।

उनको निधनले नेपाली कांग्रेस वित्थडचिरलाई ठूलो क्षति भएको बित्थडचिर गाउँपालिका–३ नाडाका सुक्को बोहरा बताउँछन् ।

‘सहयोगी, सहनशील, मिलनसार हुनुहुन्थ्यो । अर्काको दुख, पिर, मर्का हेर्नै सक्नु हुन्थेन । सामाजिक काम गर्न पाए खुसी हुनुहुन्थ्यो ।’ लामो समय संगत गरेका सुक्को बोहरा भन्छन्, ‘उहाँ (नरबहादुर) हामीबीच नहुँदा निकै अभाव घट्किने छ । उहाँको समाज सुधारको योगदान कहिल्यै बिर्सिदैनौँ । सधै सम्झनामा रहने छन् ।’

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय