Monday, December 6, 2021

जो खल्ला, मसेट्टी र टुँडिखेललाई महेन्द्रनगरसंग जोड्दैछन्

महेन्द्रनगर ।
तराईको जिल्ला कञ्चनपुरको सबैभन्दा विकट ठाउँ हुन्– भीमदत्त नगरपालिका–९ मा पर्ने खल्ला, मसेट्टी र टुँडिखेल । यहाँको भौगोलिक बनावट ठ्याक्कै पहाडी भेगको जस्तै छ ।

बस्ती बसेको दशक पछि हालसालै यी बस्तीमा सडक, बिजुली र टेलिफोन सेवा पुगेको थियो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पछि यो क्षेत्रले विकासमा फड्को मार्दैै गएको थियो । यद्यपी, चुरे पर्वत शृंखलामा पर्ने महाकाली नदीकिनारका बस्ती कार्तिक पहिलो साताको बाढीको चपेटामा परे ।

मनसुन पछिको वर्षाले उर्लेर आएको महाकाली नदीले खल्ला, मसेट्टी र टुँडिखेल जोड्ने सडकमा क्षति गरेको छ । बाढीले क्षति पु-याएको यी बस्तीको स्थानीय, प्रदेश र संघका सांसदहरुले स्थलगत निरीक्षण गरे ।

बस्तीमा पुग्ने जनप्रतिनिधिहरुले बाढीका सडक बिग्रिएर अवरुद्ध बनेको सडक सञ्जाल खोल्ने लगायत आश्वासन दिए । खल्ला, मसेट्टी र टुँडिखेलबासीसंगको सडक सञ्जालसंग बिच्छेद भएको दुई साता बितिसक्दा पनि जनप्रतिनिधिले वास्ता नगरे पछि स्थानीय आफै सडक खुलाउन जुटेका छन् ।

भीमदत्त नगरपालिका–९ खल्लाका दिपराज चटौत बाढीका कारण अबरुद्ध स्थानीय बजार ब्रह्मदेव र खल्ला, मसेट्टी तथा टुडिँखेल जोड्ने सडक निर्माणमा जुटेका छन् ।

‘जनप्रतिनिधिहरुले वास्ता नगरे पछि बिग्रिएको सडक आफ्नै खर्चमा निर्माण गरिरहेका हो ।’ दिपराज चटौतले भने, ‘यो गाउँको बासिन्दा भएकाले मेरो पनि दायित्व हुन्छ । यहाँका जनताको दुख, कष्ट देख्न नसकेर सामाजिक सेवाले सडक निर्माणको काम गरिरहेका छुँ ।’

उनले सडक निर्माणमा आफ्नै दुई जेसिबीको प्रयोग गरेका छन् । लगातार दुई दिनदेखि रातदिनमा काम गरेर सडक केही हिँडडुल गर्न सक्ने अवस्थामा आएको उनी बताउँछन् ।

‘जनप्रतिनिधिहरु हेरेर यही बाटो हिँडेर गए । तर काम गर्ने केही सुरसार नै गरेनन् ।’ उनले भने, ‘मेयर साव, वडाध्यक्ष ज्यू सबैले भोली पर्सी भन्दै टार्दै गए पछि आफैले काम थालेको हो ।’

बाढीका कारण ब्रह्मदेव र खल्ला, मसेट्टी, टुँडिखेल जोड्ने सडकको २ किलोमिटर खण्डमा पूर्ण क्षति गरेको थियो । ‘दुई दिन त रातमा पनि काम ग-यौँ । २ किलोमिटर सडक निकै बिग्रिएको थियो । अहिले त्यसको काम सकेर आवतजावत गर्न सक्ने भएको छ ।’ उनले भने, ‘सडकका खाल्डा, खुल्डीहरुलाई पनि पुरिरहेका छौँ ।’

बाढीले सडक बिगारे पछि खल्ला, टुडिँखेल र मसेट्टीबासी हिँडेरै स्थानीय ब्रह्मदेव बजारसम्मको कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । सडक सञ्जालसंग जोडिए पछि त्यहाँका स्थानीय बासिन्दाले बस र अटोको सुविधा पाएका थिए ।

त्यही चढेर उनीहरु ब्रह्मदेव र महेन्द्रनगर बजारमा किनमेल गर्न आउजाउ गर्ने गर्थे । सडकमा बिगारे पछि आउजाउमा सास्ती खेप्नु परेको स्थानीय कमला रोकाले बताइन । ‘धेरै पछि सडक पाएका थियौँ । बजार आउजाउ गर्न सजिलो भएको थियो । बाढीले सबै अस्तव्यस्त बनायो ।’ उनले भनिन्, ‘अहिले जेसिबीले सडक बनाए पछि केही राहत भएको छ ।’

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय