Monday, December 6, 2021

हुस्सुले ढाकेको महेन्द्रनगर (फोटो फिचर)

महेन्द्रनगर ।
मनसुनपछिको बर्षाले तीन दिन कञ्चनपुरको जनजीवन कष्टकर बन्यो । नौँ वटै स्थानीय तहका बस्तीहरु डुबानमा परे ।

काटेर भित्र्याउन लागेको किसानको धानमा बर्षाले ठूलो क्षति गरेको थियो । महाकाली नदीले बाढीले भीमदत्त नगरपालिका–११, १२, १३ र दोधारा–चाँदनी नगरपालिका–८ र १० का बस्तीहरु डुबानमा परेका थिए ।

महाकाली तटीय क्षेत्रका ७ सय १९ परिवार बाढीले अस्थायी रुपमा विस्थापित छन् । सो क्षेत्रका २६ सय ९ जनाको उद्धार गरेर सुरक्षित स्थानमा राखिएको राखिएको छ ।

आइतबार बेलुकादेखिको अबिरल बर्षा बुधबार बिहानदेखि रोकियो । तीन दिनको बर्षा पछि बुधबारदेखि जनता सुर्यका किरण देखे । दुई दिन बिहानैदेखि खुलेको मौसममा शुक्रबार बिहान हुस्सु लागेको छ ।

भिडिओ


सदरमुकाम महेन्द्रनगर आसपासका क्षेत्र हुस्सुले बिहानैदेखि ढाकिएका छन् । हुस्सुले शुक्रबार बिहानैदेखि चिसो बढेको महसुस गरेका छन् ।

फोटोमा हेर्नुहोस् हुस्सुले ढाकेको महेन्द्रनगर

No description available.

No description available.

No description available.

No description available.

 

 

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय