Monday, December 6, 2021

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर ।
पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ ।

थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई जना बच्चाको शव भेटिएको छ । यद्यपी उनीहरुको पहिचान भने खुल्न सकेको छैन ।

‘दुई जना बच्चाको शव निकालेका छौँ । उनीहरुमध्ये एक जनाको शरिरको आधा भाग मात्रै छ ।’ उनले भने, ‘खोलामा अर्को मानिसको खुट्टा देखिएको खबर आएको छ ।’

पहिरोमा पुरिएकाको उद्धार तथा खोजबिनका लागि नेपाली सेना र शसस्त्र प्रहरीको टोली हेलिकप्टरमा केही बेर अघि घटनास्थलमा पुगेको छ । स्थानीय, नेपाली सेना र शसस्त्र प्रहरी बेपत्ताहरुको खोजतलासमा लागेको वडाध्यक्ष विष्टले बताए ।

थलारा गाउँपालिका–४ डिक्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरे पार्कीका घरका पाँच जना रहेका छन् ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय