Monday, December 6, 2021

सडक अवरोधमा मन्त्री बडूः अगाडि डोजर, पछाडी झण्डावाल गाडी!

महेन्द्रनगर ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू सडक अवरोधमा परेका छन् । पहिरोका कारण सडक अवरुद्ध भए पछि मन्त्री बडू बैतडीको दोगडाकेदार गाउँपालिका डिक्गाडमा सडक अवरोधमा परेका हुन ।

‘पहिरोका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएको छ । पहिरो हटाउने प्रयास भइरहेको छ ।’ सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी बामदेव गौतमले भने, ‘मन्त्री ज्यू अहिले खोचलेकबाट हिड्नु भएको छ । डोजरले पहिरो हटाउदै अगाडि बढेका छौँ ।’

उनका अनुसार अगाडि अगाडि डोजर चलाइएको छ र पछि पछि मन्त्री बडूको गाडी छ । मन्त्री नियुक्त भए पछि कार्यकर्ता भेटघाटका लागि पहिलो पटक बडू गृहजिल्लाको यात्रामा छन् । गृहजिल्ला दार्चुला जाने क्रममा मन्त्री बडू पहिरोका कारण सडक अवरोध हुँदा सडकमा थुनिएका थिए ।

सडक अवरोधका कारण मन्त्री बडूको कार्यतालिका नै प्रभावित भएको छ । कार्तिक २ गते दार्चुला पुग्ने र ४ गते त्यहाँबाट फिर्ता हुने उनको कार्यतालिका थियो ।

अबिरल वर्षा पछि सडकमा पहिरो खस्दा सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने राजमार्ग र सहायक सडकहरु अबरुद्ध छन् । दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ र कैलालीको पहाडी भागमा सडकमा पहिरो खसेको छ ।

ट्राफिक प्रहरीका अनुसार बैतडीको खोडपे–बझाङ सडक अबरुद्ध छ । उक्त सडक खण्डको बिजयपुरमा सडक माथिबाट पहिरो खस्दा सवारीसाधन थुनिएका छन् । भीमदत्त राजमार्गको फल्टुडे–सहजपुर खण्डमा पनि पहिरो खसेको छ ।

अछामको चौखुट्टे–साफेबगर खण्डमा पनि पहिरोकै कारण सवारीसाधन नचल्दा यात्रु गन्तब्यमा पुग्न सकेका छैनन् ।
सदरमुकाम मंगलसेन जोड्ने सडक खण्डको कैलाशखोलामा पनि पहिरो झरेको छ ।

बैतडी–दार्चुला खण्डको सल्सेना र बंगाबगरमा पनि पहिरोले सडकमा अवरोध पु¥याएको छ । सडक अवरोध हुँदा यात्रुहरु बाटामै अलपत्र परेका छन् ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय