Monday, December 6, 2021

कञ्चनपुरको ‘भाइरल’ रोड बाढीले पुरै बगायो, गाउँ पस्दै महाकाली

महेन्द्रनगर ।
महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलको पहुँच मार्ग नदीले कटान गरेको छ ।

भीमदत्त नगरपालिका–१२ बैजनाथ मन्दिर नजिक महाकाली नदीले पुलको पहुँच मार्ग पक्की सडक पूर्ण रुपमा कटान गरेको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले जानकारी दिए ।

‘भाइरल रोडको दुवैतर्फको कालोपत्रे सडक महाकालीले कटान गरेर सकिएको छ । रोडबाट भित्र गाउँतर्फ नाली पनि बगाएको छ ।’ उनले भने, ‘महाकाली गाउँ पुग्न अब ४÷५ मिटर ग्राभेल सडक मात्रै बाँकी छ ।’

अबिरल वर्षा पछि महाकाली नदीमा आएको बाढीले ‘भाइरल रोड’का नामले परिचित पहुँच मार्गको कटान गरेको हो । ‘नदीमा हिजो भन्दा अहिले केही पानी घटेको छ । जोखिममा रहेका गाउँका मानिसलाई हामीले अहिले अन्यत्र सार्दैछौँ ।’ वडाध्यक्ष शाहीले भने ।

महाकाली नदीले पहुँच मार्ग कटान गरे पछि नदी पुरै गाउँ पस्ने खतरा बढेको छ ।नदीले पहुँच मार्ग कटान गर्न थालेपछि ऐरी, ओदाली, बडैपुर, सोना टोल, विजया टोल, पिपरिया लगायत क्षेत्रमा महाकाली पस्ने खतरा बढेको हो । त्यस क्षेत्रमा करिब दुई हजार परिवारको बसोबास छ ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय