Monday, December 6, 2021

हात्तीको आक्रमणबाट कञ्चनपुरमा दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट बुधवार बिहान एक दम्पत्तिको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ बसन्तपुरमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ५३ वर्षीय मधुरा कार्कीको रहेका छन् ।

जंगली हात्ती गाउँ पस्दा उनीहरुमाथी आक्रमण गरेको थियो । ईलाका प्रहरी कार्यालय झलारीको टोली अहिले घटनास्थलतर्फ जादै छ ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय