Monday, December 6, 2021

२४ घण्टादेखि बाढीमा फसे बैतडीका ५० जना, हेलिकप्टरबाट उद्धार हुन सकेन

महेन्द्रनगर ।
बैतडीमा सेती नदी गाउँ पस्दा बाढीमा फसेका ५० जनाको उद्धार हुन सकेको छैन । सोमबार राती करिब ११ बजेतिर नदी बस्तीमा पस्दा बाढीमा फसेका ५० जना उद्धारको पर्खाइमा रहेका छन् ।

उनीहरुको उद्धारको लागि गएको नेपाली सेनाको हेलिकप्टर अवतरण गर्न नसकेर फर्किएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी विक्रम चन्दले बताए ।

‘हेलिकप्टर गएको थियो तर उनीहरुको उद्धार हुन सकेको छैन ।’ उनले भने, ‘हेलिकप्टर अहिले फिर्ता भएको छ ।’
बाढी बस्ती पसेको सिगास गाउँपालिका–५ को ढुंगाड बस्ती सम्पर्क बाहिर छ । सोमबार रातीदेखि नेपाल टेलिकमको नेटवर्क छैन ।

ढुंगाडमा सम्पर्क गर्न सकिने एनसेलले पनि काम नगरेपछि बाढीमा फसेका स्थानीयहरुसँग सम्पर्क हुन नसकेको बैतडी प्रशासनले जनाएको छ । ४\५ घण्टाको दुरीमा रहेको शिवलिङ प्रहरी चौकीबाट ६ जना प्रहरीको टोली ढुंगाडतर्फ गएको छ ।

सोमबार राती नै ढुंगाडमा दर्जनौ घर डुबानमा परेको खबर आएको थियो । मोबाइल फोनले काम नगर्दा यकिन विवरण भने अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन ।

 

 

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय