Monday, December 6, 2021

महाकालीको बाढीमा मसेट्टीका ५ जना फसे, उद्धारका लागि हेलिकोप्टर

महेन्द्रनगर ।
अविरल वर्षाका कारण कञ्चनपुरको महाकालीलगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढीमा फसेका तथा पहिरोमा परेकाको उद्धारका लागि हेलिकोप्टर ल्याउने तयारी भइरहेको छ।

बाढीमा फसेकाको उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न लागिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

‘सुर्खेतबाट हेलिकप्टर बिहानै आउने तयारी थियो। तर प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न सकेको छैन’, उनले भनिन्, ‘महाकालीमा मानिस फसेका छन्। पहाडी भेगबाट पनि त्यस्तो खबर आएको छ। हामी उद्धारमा लागेका छौँ।’

भीमदत्त नगरपालिका–९ मसेट्टीमा महाकाली नदीमा आएको बाढीका कारण बीचमा पाँच जना फसेका छन्।

आइतबार बेलुकादेखिको अविरल वर्षाले महाकाली नदीमा पानीको बहाब बढेपछि नदी किनारमा कुखुरा पालन गरिरहेका मसेट्टीका पाँच जना घेरिएका हुन्।

बम
स्थानीयका अनुसार कुखुराको खोर रहेको स्थानको पूर्वतर्फबाट नदी बग्न थालेपछि उनीहरू निस्किन नपाएका हुन्।

प्रहरीका अनुसार स्थानीय ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीया दीर्घमती खड्का, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक, ५ वर्षीय अजय नायक महाकालीको बाढीले बिलखबन्दमा परेका हुन्।

बम
उनीहरुको उद्धारका लागि बीओपी खल्ला र ब्रह्मदेव प्रहरी चौकीबाट सुरक्षाकर्मीको उद्धार टोली गएको छ।

‘हिजो राति कुखुरा खोर कुर्न गएका थिए। महाकालीको बाढी खोरतिर पसेपछि नदीमा फसेका भन्ने खबर आएको छ’, उद्धारका लागि त्यसतर्फ गइरहेका एक सुरक्षाकर्मीले नेपालखबरसँग भने, ‘उहाँहरु रुखमा बसेको जानकारी आएको छ। हामी उद्धारको लागि त्यसतर्फ गइरहेका छौँ।’

बाटोमा अवरोध हुँदा उद्धार टोली उनीहरु फसेको ठाउँसम्म पुग्न सकेका छैनन्।

‘त्यहाँ पुग्दा हामीले मसेट्टी र टुँडीखेलबीचको काली खोला तर्नुपर्ने हुन्छ। पानीको बहाब बढी हुनाले तर्न सकिरहेका छैनौँ’, ती सुरक्षाकर्मीले भने।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय