Wednesday, October 20, 2021

गड्डाचौकी नाकामा जे देखियो… [फोटो]

महेन्द्रनगर ।
दशैँ/तिहार मनाउन भारतबाट घर फर्किनेको पश्चिमी नाका गड्डाचौकीमा भीड लागेको छ ।

रोजगारीको लागि भारत गएका नेपाली नागरिक चाडबाडको खर्च जोहो गरेर घर फर्किरहेका हुन ।

ईलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो समय गड्डाचौकी नाकाबाट स्वदेश भित्रिनेको संख्या ह्वात्तै बढेको छ ।

दैनिक १५ सय भन्दा बढि नागरिक नाका प्रवेश गरिरहेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई जीवन गुरुङले बताए ।

भारतबाट आउने नेपाली नागरिकको नाकामा स्वास्थ्य कार्यालयले एन्टीजेन परीक्षण गर्ने गरेको छ ।

यस्तै १८ वर्षमाथिका पहिलो डोज नलगाएका मानिसलाई नाकामै कोरोना विरुद्धको खोप लगाउने व्यवस्था पनि स्वास्थ्य कार्यालयले मिलाएका छ ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय