Wednesday, October 20, 2021

वित्थडचिरमा होल्डिङ सेन्टर राखिने, गाउँपालिकाले थाल्यो छलफल

रमेश बोहरा/ देउलेख ।
बझाङ्ग जिल्लाको प्रवेशद्धार वित्थचिर गाउँपालिकामा होल्डिङ सेन्टर राखिने भएको छ ।

दशैँ/तिहार नजिकिएसंगै जिल्ला भित्रिनेको संख्या बढ्दै गए पछि कोरोना संक्रमणको जोखिम पनि बढेकोले त्यसलाई मध्यनजर गर्दै होल्डिङ सेन्टर राख्न लागिएको हो ।

त्यहाँ स्वास्थ्य चेकजाँच गरेर गाउँ पठाउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

वित्थडचिर गाउँपालिकाले होल्डिङ सेन्टर स्थापनाका लागि जिल्ला कोभिड संकट व्यवस्थापन समिति र सरोकारवालासंग छलफल पनि गरेको छ ।

कोभिड नियन्त्रण गर्नका लागि आरडिटी जाँच सहितको होल्डिङ सेन्टर स्थापना गर्न जिल्ला कोभिड व्यावस्थापन समिति र अन्य सरकारवालासंग छmफल गरिएको हो ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय