Wednesday, October 20, 2021

चाडपर्व मनाउन घर फर्किने गड्डाचौकी नाकामा लर्को

 

महेन्द्रनगर ।
कैलालीको जोशीपुर गाउँपालिकाका रामप्रसाद चौधरी चार महिना अगाडि कामको खोजीमा भारत गएका थिए । स्वदेशमा केही रोजगारी नहुँदा उनलाई आफ्नो जहान पाल्न खर्चको जोहो गर्न धौ–धौ परेको थियो ।
जीविकोपार्जन गर्न कामको खोजीमा रामप्रसाद भारतको हिमाञ्चल प्रदेश हानिएका थिए । त्यहाँ उनले स्याउ टिप्ने काम गर्दथे । रामप्रसादले भारतमा स्याउ टिप्ने काम गरेर घर खर्च चलाउने गरेका छन् । उनी भारतबाट स्वदेश फर्किए ।
नेपालीहरुको महान पर्व दशैँ÷तिहार नजिकिदै गरेको छ । त्यसकै लागि भारतमा परिश्रम गरेर खर्च जोहो गर्दै चाडबाड मनाउन उनी घर आएका हुन ।
‘स्वदेशमै काम केही पाएइन । भारतमा स्याउ टिप्न गएको थिएँ ।’ गड्डाचौकी नाकामा भेटिएका रामप्रसादले भने, ‘घरमा चाडबाड मनाउन खर्च पनि थिइन । चाडबाडको खर्च जोहो गरेर आएको छुँ । अब परिवारसंग मिलेर दशैँ मनाइन्छ ।’
उनी मात्रै होइन, पछिल्लो समय कञ्चनपुरको गड्डाचौकी नाकामा भारतबाट स्वदेश फर्किनेको भीड लागेको छ । दशैँ, तिहार नजिकिएसंगै रोजगारीको खोजीमा भारत गएकाहरुमध्ये गड्डाचौकी नाकाबाट दैनिक ६÷७ सय जना मानिस स्वदेश फर्किरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोजको पहिलो दुई सातामा १२ हजार ७ सय ३० जना मानिस स्वदेश भित्रिएका छन् । गड्डाचौकी नाकाबाट ६ हजार ६ सय २ जना र गौरीफन्टा नाकाबाट ६ हजार १ सय २८ जना स्वदेश प्रवदेश गरेको डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।
भारतमा काम गरेर दशैँको लागि घरखर्च जुटाएर स्वदेश फर्किनेको सुदूरपश्चिमका नाकामा भीड लागेको हो । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट मानिस नेपाल–भारत ओहोरदोहोर गरिरहेका छन् ।
भारतबाट फर्किनेहरुमा सबैभन्दा बढि सुदूरपश्चिम प्रदेश र त्यस पछि कर्णाली प्रदेशका मानिस रहेका छन् । यहाँका मानिस रोजगारीको खोजीमा भारतको विभिन्न शहर पुग्ने गरेका छन् ।
नाकामै खोप
भारतबाट आउने नेपाली नागरिकलाई गड्डाचौकी नाकामा कोरोना विरुद्धको खोप लगाइदै छ । स्वास्थ्य कार्यालय, कञ्चनपुरले पहिलो डोज नलगाएका भारतबाट आउनेहरु १८ वर्षमाथिका मानिस नाकामै कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाएको हो ।
‘कोरोना महामारीबाट बच्न भारतबाट आउनेहरुको एन्टिजेन परिक्षण गर्ने गरेका छौँ ।’ गड्डाचौकी नाकामा खटिएका स्वास्थ्य कार्यालय, कञ्चनपुरका स्वास्थ्य अधिकृत महेश महराले भने, ‘भारतमा कोरोना खोपको एक डोज पनि नलगाएकालाई हामी खोप पनि लगाउँदैछौँ ।’
उनका अनुसार एक महिनाको अवधिमा नाकाबाट भित्रिएका ५ हजार ५ सय भन्दा बढि मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
पछिल्लो केही दिनयता नाकामा भारतबाट फर्किनेको संख्या बढेको उनी बताउँछन् । ‘भारतमा आधार कार्ड नभएका अधिकाँसले खोप लगाएका छैनन् । दैनिक एक÷दुई सयलाई खोप लगाउनु गरेका छौँ ।’ उनले भने, ‘अहिले विगत भन्दा चाडबाडले गर्दा नाकामा मानिसहरुको चाप पनि बढेको छ ।’

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय