Wednesday, October 20, 2021

कञ्चनपुर प्रहरीले यसरी मनायो ६६ औँ प्रहरी दिवस

महेन्द्रनगर ।
आइतवार नेपाल प्रहरीको ६६ औँ प्रहरी दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइदैछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि ६६ औँ प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले ‘तपाईको मास्क खै’ कार्यक्रम सञ्चालन गरेको छ ।

भीमदत्त नगरपालिका–४ बसपार्कमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोरोना महामारी सम्बन्धि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

प्रहरीले हरेक वर्ष आजको लागि प्रहरी दिवसको रुपमा मनाउने गर्दछ । यस पटक दिवसका अवसरमा कोरोना भाइरस केन्द्रीय कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार दिवसकै अवसरमा ‘एक प्रहरी, एक विरुवा’ अभियान अनुसार वृक्षारोपण र सरसफाई कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कोरोना महामारीबाट बच्न मास्क अनिवार्य प्रयोग गर्नु पर्ने लगायत संक्रमणबाट बच्न अपनाउनु पर्ने कुराहरुको बारेमा प्रहरीले कार्यक्रममार्फत सचेतना फैलाउन सक्रिय भएको हो ।

महेन्द्रनगर बसपार्क लगायत आसपासका क्षेत्रमा मास्क प्रयोगको आवश्यकता तथा प्रयोग भए÷नभएको निरीक्षण र मास्क नलगाएकालाई प्रहरीले मास्क वितरण पनि गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि संघीय प्रहरी ईकाइ धनगढी, कैलालीका एसएसपी जनकराज पाण्डेय रहेका थिए ।

यस्तै कार्यक्रममा कञ्चनपुर प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्बेदी, उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल, होटल व्यवसायी संघका अध्यक्ष जगदिश भट्ट, सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव बिमल खडायत, पवनदुत यातायात प्रालिका कोषाध्यक्ष कृष्ण पन्त लगायत, व्यवसायी, मजदुर, प्रहरीको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै संघीय प्रहरी ईकाइ धनगढी, कैलालीका एसएसपी जनकराज पाण्डेयले कोरोनाबाट बच्न आफू सजग हुनु पर्नेमा जोड दिएका थिए ।

अनावश्यक काममा घरबाहिर ननिस्किने, निस्किनै परे मास्कको प्रयोग गर्ने तथा सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पुरा गरेमा कोरोना महामारीलाई सजिलै परास्त गर्न सक्ने उनको भनाई थियो ।

No description available.

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय