Wednesday, October 20, 2021

कांग्रेस बित्थडचिर गाउँपालिकाको सभापतिमा चक्र अधिकारी

बझाङ । बझाङको बित्थडचिर गाउँपालिकामा चक्र अधिकारी सर्वसम्मत रुपमा नेपाली कांग्रेसको सभापति बनेका छन्।

पालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न अधिवेशनबाट अधिकारी सर्वसम्मत पालिका सभापतिमा चयन भएका हुन्। पालिका सभापतिमा तीन जनाको उम्मेद्वारी भएपनि अधिकारी सर्वसम्मत सभापति बनेका हुन ।

यस्तै पालिका उप–सभापतिमा सुरेश महर, धनबहादुर बोहरा, सचीवमा धनबहादुर मल्ल र बिर बहादुर बोहरा, सह(सचिवमा रुगड बिक, गणेश बोहरा र कोषाध्यक्षमा विपना बिक चयन भएका छन ।

लामो समय नेपाल प्रहरीमा सेवारत रहेका अधिकारी डेढ बर्ष अघि सेवा निवृत्त भएका थिए । अधिकारीले सेवामा रहदा झण्डै २८ महिना बित्थडचिरमै बसेर सेवा गरेका थिए ।

निष्ठापूर्वक जिम्मेवारी वहन गर्नसक्ने क्षमता भएका अधिकारी समाजसेवा र समन्वयात्मक भुमिकामा अगाडि देखिन्छन् ।

पञ्चायतकाल देखि काँग्रेसको पारिवारिक पृष्ठभुमि भएका आधिकारीले नेपाल प्रहरीमै सेवारत हुँदा बित्थडचिरमा दोस्रो पुस्तामा फरक छवि बनाएका थिए ।
आफुसंग पार्टी र संगठनप्रति दृढ संकल्प रहेको अधिकारीले बताए । नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि पार्टीको राजनितिमा सकृय छन । उनले सभापतिमा निर्वाचित भएपछि कांग्रेसलाई सशक्त रुपमा अघि बढाउदै बित्थडचिरमा काङ्ग्रेसलाई बलियो बनाउदै अगाडि बढने बताए ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय