Wednesday, October 20, 2021

कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र देउबाको उम्मेदवारी

महेन्द्रनगर ।
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट युवा नेता सुरेन्द्र देउबाले उम्मेदवारी घोषणा गरेका छन् ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका देउबाले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन ।
कांग्रेसललाई सुदृढ र बलियो बनाउन उम्मेदवारी दिएको नेता देउबाले बताएका छन् ।

‘म गुट, उपगुटको विरोधमा छुँ । कांग्रेसलाई गुटरहित बनाएर बलियो बनाउन उम्मेदवारी प्रस्तुत गरेको हो ।’ उनले भने, ‘गुट उपगुटले संगठन कमजोर हुन्छ । त्यसैले हामीले मिलेर कांग्रेसलाई सुदृढ बनाउन जरुरी छ ।’

राजनीतिबाट समाजसेवालाई सशक्त ढङगले अगाडि बढाउने उनको प्रतिवद्धता छ । ‘समाजसेवा गर्न राजनीतिमा सक्रिय भएको थिए । पार्टीको संगठन निर्माणमा ठूलो योगदान दिएको छुँ ।’ उनले भने, ‘विशुद्ध रुपमा समाजसेवालाई बल पु¥याउन यो प्लेटफर्म रोजेको हो ।’

जनताको सेवाको लागि राजनीतिमा प्रवेश गरेको उनको भनाई छ । देउबा विद्यार्थी राजनीतिबाट कांग्रेसको सक्रिय राजनीतिमा होमिएका हुन । उनी वि.सं. २०५२ सालमा डडेल्धुराको महेन्द्र उच्च माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघको सभापति रहेका थिए ।

त्यस बखत उनले विद्यालयको समग्र विकास तथा कक्षा १२ सम्मको पढाई सञ्चालन गर्न पहल कदम लिएका थिए ।
डडेल्धुरामा कक्षा १० सम्मको अध्ययन पश्चात उच्च शिक्षाका लागि देउबा कञ्चनपुर झरेका थिए । उनले कञ्चनपुरमा वि.सं. २०६२÷६३ को आन्दोलनको संयोजन गरेका थिए ।

त्यो क्रममा देउबा पटक पटक गरी एक महिना जेल समेत परेका थिए । कांग्रेसको भातृ संगठन तरुण दलको महाकाली अञ्चल कमिटी सदस्यकोे जिम्मेवारी पनि देउबाले सम्हालिसकेका छन् ।

यस्तै उनी महाकाली अस्पताल व्यवस्थापन समिति सदस्य समेत बसेका थिए । उनले १५ वर्ष अघि कञ्चनपुरबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय