Wednesday, October 20, 2021

वित्थडचिरमा विद्यालयले भर्ना शुल्क लिएको भन्दै नेविसंघ गरायो गाउँपालिकाको ध्यानाकर्षण

रमेश बोहरा/देउलेख ।
नेपाल विद्यार्थी संघ बित्थडचिरले विद्यालयले भर्ना शुल्क लिएको भन्दै आपत्ति जनाएकोछ ।

बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा नमुना माध्यमिक विधालयले कक्षा ११ र १२ को भर्ना शुल्क लिएको भन्दै नेपाल विद्यार्थी संघले गाउँपालिकाको ध्यानाकर्षण गराएको हो ।

शुल्कको विरोध गर्दै नेवि संघले वित्थडचिर गाउँपालिकाका शिक्षा संयोजक र प्रमुख प्रशासकीय अधिकृत समक्ष ज्ञापन पत्र बुझाएकोछ ।

गाउँपालिकाले विद्यार्थी भर्ना शुल्क निशुल्क गरिएको भए पनि सुनकुडा नमुना माध्यमिक विद्यालयले प्रति व्यक्ति तीन हजारका दरले भर्ना शुल्क लिएको पाइएको नेपाल विद्यार्थी संघ सिटिईभिटी बझाङ जिल्ला अध्यक्ष सुरेश अधिकारीले बताए ।

तत्काल शूल्क फिर्ता गर्न पर्ने विद्यार्थी संगठनको माग छ । नेपाल विद्यार्थी संघ बझाङका अध्यक्ष सुरेश अधिकारी, सुनकुडा नमुना माध्यमिक ईकाई सभापति योगेन्द्र मल्ल, जिल्ला कार्य समिति सदस्य कमल अधिकारी, नरेश बोहरा र बिनोद स्याडा लगायत विद्यार्थी नेताहरुले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

दुई दिन भित्र शूल्क फिर्ता गर्न उनीहरुले अल्टिमेटम पनि दिएका छन् । आफूहरुको माग सम्बोधन नभए नेविसंघ चरणबद्ध आन्दोलनमा जाने उनीहरुको चेतावनी छ।

 

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय