Wednesday, October 20, 2021

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट ‘भाग्यमानी’, सत्तासाझेदार माधव समूह फुट्दा पनि स्पष्ट बहुमत

महेन्द्रनगर ।
नेकपा एमाले विभाजन पछि सुदूरपश्चिम प्रदेश सरकारको अंकगणित पनि फेरबदर भएको छ । प्रदेश सभामा नेकपा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ ।

नेकपा एमाले पहिलो दलबाट चौथो स्थानमा झरेको छ । सभामुख सहित २५ सांसद रहेको नेकपा एमालेका १४ जना सांसद एकीकृत समाजवादीमा गएका छन् ।

५२ जना सांसद रहेको प्रदेश सभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुख सहित नेकपा एमालेका ११, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ जना सांसद छन् ।

नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन पछि विकसित अंकगणितमा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बहुमतमा देखिएको छ ।

नेकपा एमालेभित्रको आन्तरिक किचलोले एमालेले नेतृत्व गरिरहेका गण्डकी र लुम्बिनी प्रदेश सरकार गुमाउनु परेको थियो । एमाले विभाजन पछि त्यसको प्रभाव प्रदेश सरकारमा निकै परेको छ । यद्यपी सुदूरपश्चिममा प्रदेश सरकारमा एमाले विभाजनको प्रभाव न्यून देखिएको छ ।

अहिले सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्टको नेतृत्वमा गठबन्धन सरकार छ । सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धन सरकार स्पष्ट बहुमतमा छ ।

सरकार बनाउन आवश्यक पर्ने २७ सांसद गठबन्धनसंग छन् । उता नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी प्रतिपक्षकै हैसियतमा प्रदेशमा सभामा उपस्थित हुने छन् ।

सत्ता गठबन्धन इतर दलहरु अल्पमतमा (सभामुख सहित २५ सांसद) मात्रै छन् । एमाले विभाजनमा उपाध्यक्ष भीम रावलले माधव कुमार नेपालको साथ छाडे पछि माओवादी केन्द्रसंग प्रदेशमा सत्तासहकार्य गरिरहेको माधव समूह एमालेमै बस्ने र भट्ट नेतृत्वको सरकार अल्पमतमा पर्ने अनुमान गरिएको थियो ।

यद्यपी एमाले विभाजनमा भीम रावलले सुदूरपश्चिम प्रदेश सभामा रहेको आफ्नो वर्चश्व गुमाएका छन् । माधव नेपालको छाडेर एमालेमै बस्दा रावलले सुदूरपश्चिम प्रदेशका १३ सांसदको साथ पाएनन् ।

माधव समूहका १७ सांसदमध्ये ४ जना सांसदले मात्रै रावललाई साथ दिएका छन् ।
सरकारमा सहभागी रावल निकट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले एमालेमै बस्ने निर्णय गर्दै मंगलवार राजिनामा दिएका थिए ।

यसअघि नेकपा एमालेको ओली समूहले बारम्बार भट्ट नेतृत्वको सरकार ढाल्ने प्रयास गरेको थियो । तर रावलको सक्रियतामा माधव समूहले भट्टको सरकार जोगाइदिएका थिए ।

त्यस पछि गत चैत्रमा मुख्यमन्त्री त्रिलोचन भट्टले माधव समूहलाई पनि सरकारमा सहभागी गराएको थियो ।
सत्तासहकार्य गरिरहेको माधव समूहको नवगठित नेकपा एकीकृत समाजवादी ठूलो दल बने पछि मुख्यमन्त्री भट्टको सरकार झनै सुरक्षित भएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकारलाई निरन्तरता दिइने आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी बताउँछिन् । ‘हामी स्पष्ट बहुमतमा र्छौँ । त्यसैले अहिले यही सरकारलाई सुदृढ बनाएर लैजान्छौँ ।’ उनले दैनिक सञ्चारसंग भनिन्, ‘समाजवादीले नेतृत्व गर्ने विषयमा अहिले केही छलफल भएको छैन ।’

 

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय