Wednesday, October 20, 2021

कांग्रेस बझाङ्गको क्षेत्रीय सभापतिमा धन बहादुर खड्काको उम्मेदवारी

रमेश बोहरा/देउलेख ।
नेपाली कांग्रेसको बझाङ्ग निर्वाचन प्रदेश सभा (ख) को सभापति पदमा धन बहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस नेता खड्काले दोस्रो पटक प्रदेश सभा (ख) को सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन ।

वर्तमान क्षेत्रीय कमिटीको सभापति समेत रहेको खड्काले दोस्रो कार्यकाल पनि सभापतिमा दोहोरिन चाहेका छन् ।
वित्थडचिर गाउँपालिका–२ स्याँडीका ४६ वर्षीय नेता खड्का विद्यार्थी राजनीतिदेखि कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन ।

उनी यसअघि तरुणदल र कांग्रेस जिल्ला कार्य समिति बझाङ्गको सदस्य समेत बसिसकेका छन् ।

बझाङ्गमा कांग्रेसको संगठनभित्र बलियो पकड जमाएका खड्का पेशाले कानून व्यवसायी पनि हुन । जिल्लामा बौद्धिक व्यक्तित्वको ख्याती समेत कमाएका उनले राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको पढाइ गरेका छन् ।

प्रदेश सभा (ख) बाट अहिलेसम्म खड्का बाहेक अरु कसैले सभापतिमा दाबी गरेका छैनन् । ‘अहिलेसम्म सभापतिका अरु दाबेदार देखिनु भएको छैन ।’ पूर्व क्षेत्रीय सभापति गणेश भण्डारीले भने, ‘सर्वसम्वत रुपमा उहाँ (धनबहादुर) सभापति हुने सम्भावना बढि छ । त्यसका लागि हामी छलफल गरिरहेका छौँ ।’

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय