Wednesday, October 20, 2021

आरजे र सन्तोषको ‘ठुम्का’ गीत चोरी (भिडिओ सहित)

महेन्द्रनगर ।
चर्चित -यापर राजेन्द्र भट्ट (आरजे) र सन्तोष सुनारको ‘ठुम्का’ बोलको गीत चोरी भएको छ ।

यो गीत कुमाउनीमा ‘तु नाच धना नाच’ भनेर हुबहु नक्कल गरिएको आरजेले खुलासा गरेका हुन ।

उनले समाजिक सञ्जाल (फेसबुक)मा स्टाटस लेख्दै ‘ठुम्का’ बोलको गीतको शब्द र -यापको मेलोडी हुबहु भएको उल्लेख गरेका छन् ।

‘मेलोडी, शब्द चोर्ने परम्परा पुरानै हो । यस पटक हामीसंग नि भएछ, यो । २०२० जनवरी ३१ मा भएको हाम्रो गीत ठुम्का, डिसेम्बर १०, २०२० मा कुमाउनी गीत तु नाच धाना नाच भनेर कपी गरेको पाइयो ।’ उनले अगाडि लेखेका छन्, ‘ कपी नि यस्तो गरेछन् कि एरेन्ज मात्रै मोहित दाई (मोहित मुनाल) गराएन छन् । बाँकी शब्द अनि -यापको मेलोडी समेत हुबहु कपी गरे छन् ।’

‘ठुम्का’ बोलको गीतमा लिरिक्स र म्युजिक सन्तोष सुनारको छ भने राजेन्द्र भट्टको ¥याप छ ।

भिडिओ (आरजेको ठुम्का)

भिडिओ (चोरी गरिएको कुमाउनी नाच धाना नाच गीत)

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय