Monday, December 6, 2021

‘युवा संघले माधव नेपाललाई नेता मान्दैन’

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष बचनबहादुर सिंहले माधम नेपाललाई नेता मान्न नसकिने बताएका छन् । सोमबार प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब नेपालविनाको एमाले बन्ने बताएका हुन् ।

‘एमालेमा माधव नेपालको कुनै स्थान छैन्,’ उनले भने, ‘नेपाल समुहले गद्धारी गरेको छ ।’ व्यवस्थापिका र कार्यपालिकामाथि न्यायपालिका हाबी भएको उनको आरोप छ । ‘शेरबाहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्नुले पनि यो कुरालाई पुष्टि गर्छ,’ उनले भने, ‘हामीलाई हाम्रो सरकार ढलेकोमा दुःख छैन, तर अदालतले गरेको निर्णयले दुखि बनाएको छ ।

युवा संघमा आवद्ध युवालाई व्यवसायतिर जोड्ने लक्ष्य रहेको पूर्व अध्यक्ष सिंहले बताए । ‘अब युवाहरु व्यवसायसँगै राजनिति गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि हामी हातेमालो गरेर अगाडी बढ्छौं ।’

राष्ट्रिय युवा संघ नेपालले देशभर ५ लाख बिरुवा वृक्षारोपण गर्ने उनि बताउँछन् । साथै उनले भदौं पहिलो सातासम्म पालिका स्तरिय समिति गठन गरिने बताए । ‘भदौको पहिलो सातासम्म युवा संघको पालिका स्तरिय समिति गठन गरिसक्छौं,’ उनले भने, ‘त्यसपछि प्रदेश स्तरीय भेला गर्छौ ।’

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय