Monday, December 6, 2021

शुक्लाफाँटा नगरपालिका–२ मा ४० स्यालो ट्युबवेल जडान

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–२ को कार्यालयले कृषिमा वार्षिक ४३ लाख खर्च गरेको छ । स्यालो ट्युबवेल खरिद, मल तथा विउविजन खरिदमा ४३ लाख खर्च गरेको हो ।

अहिलेसम्म वडामा ४० भन्दा बढी स्यालो ट्युबवेल खरिद गरि जडान गरिएको वडा अध्यक्ष शिवराज पनेरुले बताए । ‘हामीले कृषिमा प्राथमिकता दिएका छौं,’ उनले भने, ‘प्रत्येक वर्ष हामी करिब ४३ लाख कृषिमा लगानी गर्छौ ।’

वडा कार्यालयले स्यालो ट्युबवेल जडानलाई प्राथमिकता दिएको उनि बताउँछन् । ‘प्रत्येक वर्ष करिब १० स्यालो ट्युबवेल जडान गर्ने गरेका छौं,’ उनले भने, ‘हामी निर्वाचित भएदेखि अहिलेसम्म ४० स्यालो ट्युबवेल जडान गरि सकेका छौं ।’ वडा नं. २ मा तरकारी खेती तथा खाद्यान्न बालीको राम्रो उत्पादन हुने गरेको छ ।

यसैगरि वडा कार्यालयले कृषकलाई अनुदानमा मल तथा विउविजन समेत दिने गरेको वडा अध्यक्ष पनेरु बताउँछन् । ‘कृषकलाई मल तथा तरकारी, धान, गहुँको विउ समेत दिने गरेका छौं,’ उनले भने, ‘यी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिनेछौं ।’ त्यस्तै १० सहिद परिवारलाई वडा कार्यालयले बंगुरका पाठा वितरण गरेको छ ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय