Wednesday, September 22, 2021

अनियमित विद्युत कटौती रोक्न अनेरास्वबियु कन्चनपुरको माग

महेन्द्रनगर । अनेरास्ववियु कञ्चनपुरले विद्युत अनियमित राेक्न नेपाल विद्युत प्राधिकरणकाे ध्यानाकर्षण गराएकाे छ । केही दिनयता कञ्चनपुरमा विद्युत अनियमित भएपछि अनेरास्ववियुले विद्युत कटाैती राेक्न माग गरेकाे हाे । अाइतबार अनेरास्ववियुका नेताहरूले विज्ञप्ति जारी गर्दै अनियमित विद्युतलाई नियमित गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरण बेलाैरी वितरण केन्द्रकाे ध्यानाकर्षण गराएकाे अनेरास्ववियुका केन्द्रीय सदस्य बिक्रम थापाले बताए । `केही दिनयता कञ्चनपुरमा गर्मी बढेकाे छ,´ उनले भने,` गर्मी बढेसँगै विद्युत प्राधिकरणले लाइन काटेर उपभोक्तालाई दुख दिएकाे छ ।´ प्राधिकरणले कृतिम समस्या देखाएर विद्युत लाइन काट्ने गरेकाे उनकाे भनाइ छ । ` विद्युत प्राधिकरणले अाफ्ना कमिकमजाेरी सुधारेर उपभोक्तालाई नियमितरूपमा विद्युत सेवा दिनुपर्छ´ उनले भने, ` विद्युत प्राधिकरणले नियमित विद्युत सेवा नदिए अनेरास्ववियु अान्दोलनमा उत्रिन्छ ।´

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय