Wednesday, September 22, 2021

रेनुकाद्वारा जन्मदिनमा अनाथ बालबालिकालाई फलफुल वितरण

महेन्द्रनगर ।
भीमदत्त नगरपालिका–१४ वनकट्टी बस्ने रेनुका नेगीले आफ्नो जन्मदिनको अवसरमा अनाथा बालबालिकालाई फलफुल वितरण गरेकी छन् ।

नेगीले २३ औं जन्मदिनको अवसरमा समाज कल्याण अञ्चल बाल अनाथालयमा आश्रित १४ जना बालबालिबालाई फलफुल तथा बिस्कुट बितरण गरेको हो ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा अनाथ बालबालिकालाई समान्य भएपनि फलफुल वितरण गरेर सहयोग गरेको रेनुकाले बताइन् ।

‘अहिले कोरोनाका कारण अनाथ बालबालिका झन एक्ला भएका छन्,’ उनले भनिन्, ‘त्यसैले बालबालिकासँग मैले जन्मदिन मनाएकी हुँ ।’

भीमदत्त नगरपालिका–११ बस्ने रेनुका सामाजिक कार्यमा पनि सक्रिय छिन् । उनि वनकट्टी युवा क्लबकी सदस्य हुन् ।

No description available.

No description available.

No description available.

 

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय