Wednesday, September 22, 2021

खैरो हिरोइन सहित बेलडाँडीबाट दुई जना पक्राउ

महेन्द्रनगर ।
कञ्चनपुरमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का अनुसार पक्राउ पर्नेमा बेलडाडी गाउँपालिका–५ का २४ वर्षीय अनिल राना र जन्म कुमार राना रहेका छन् ।

उनीहरुको साथबाट एक ग्राम लागु औषध (खैरो हेरोईन) बरामद गरिएको हो ।

बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारमा चेकजाँचका क्रममा उनीहरुको साथबाट खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय