Monday, July 26, 2021

महाकाली अस्पतालमा डाइलासिस सेवा सञ्चालन हुने

महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली अस्पतालमा डाइलासिस सेवा सञ्चालन हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा डाइलासिस सेवा सञ्चालनका लागि डाइलासिस मेसिन लगायतका आवश्यक उपकरण खरिद गर्न ४ करोड बजेट अस्पताललाई दिने भएको हो ।

कोरोनाका गम्भिर प्रकृतिका बिरामीको उपचारमा आवश्यक अक्सिजन उत्पदान गर्न प्लान्ट स्थापनाका लागि निकासा भएको ४ करोड रकम डाइलासिस सेवा सञ्चालनका लागि रकमान्तर भएको छ ।

अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि जारी टेन्डर प्रक्रियामा विवाद भए पछि टेन्डर रद्ध भएको थियो ।

यूएनओपिएसले अस्पतालमा निःशूल्क अक्सिजन प्लान्ट स्थापना गर्ने भए पछि सो शीर्षकमा आएको रकम डाइलासिस सेवा सञ्चालनमा लगाइएको हो ।

No photo description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम...

लोकप्रिय

Shares