Monday, July 26, 2021

४० दिन आइसियूमा बसेर कोरोना जितेकी पुदनी भन्छिन्ः– अस्पतालबाट दोस्रो जीवन पाएँ [भिडिओ]

महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीकी ५५ वर्षीया पुदनी चौधरी मजदुरी गर्छिन् ।

दिनभर भवन निर्माणको काममा मजदुरी गरेरै आएको ज्यालाले नै उनको दुई छोरा र एक छोरी सहितको परिवारको चलेको छ ।

महेन्द्रनगर बजार आसपासका क्षेत्रमा मजदुरी गर्ने पुदनी बैशाख दोस्रो सातातिर बिरामी परिन । भवन निर्माणको काममा ईटा बोक्ने बेला उनको श्वासप्रश्वासमा समस्या आयो ।

छाती दुखेर स्वास फेर्न गाह«ो भए पछि खुद्नीलाई उनको परिवारले उपचारका लागि क्लिनिकमा लगे । त्यहाँ खुद्नीलाई निमोनियाको सिकायत देखायो । र घरमै औषधी सेवन गर्ने गरिन् ।

तर उनको स्वास्थ्यमा सुधार आएन । बरु श्वासप्रश्वासको समस्याले उनलाई च्याप्दै गयो ।

श्वास फेर्न कठिन भएर थला परेकी उनी बैशाख २१ गते महाकाली अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भइन । त्यहाँ कोरोना परीक्षण गर्दा पुदनीको रिपोर्ट पोजेटिभ आयो ।

स्वास्थ्यकर्मीका अनुसार उनमा श्वासप्रश्वासमा अफठ्यारो, ज्वरो आउने तथा फोक्सोमा निमोनियाका दाग देखिएका थिए ।
त्यस पछि कोभिड वार्डमा भर्ना गरिएकी उनलाई अक्सिजनको मात्रा न्यून भएर स्वास्थ्यमा समस्या देखा परे पछि आइसियूमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा परिवारका सदस्य पुदनी सन्चो हुन्छिन् वा हुदिनन् भन्ने कुराले चिन्तित थिए ।
यद्यपी अहिले उनको परिवारमा खुसीयाली छाएको छ । ४० दिनसम्म कोरोनाले थला परेर आइसियूमा बसेकी पुदनीले कोरोनालाई परास्त गरेकी छन् ।

स्वास्थ्यमा सुधार आएसंगै पछिल्लो पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पछि उनलाई आइतवार अस्पतालबाट डिस्चार्ज गरिएको कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले बताए ।

‘कोरोना ठिक भएर अहिले उहाँको स्वास्थ्य अवस्थामा ज्यादै सुधार आएको छ । उहाँ दमबाट पनि ग्रसित हुनुहुन्छ ।’ उनले दैनिक सञ्चारसंग भने, ‘अस्पतालमा पुग्दा उहाँको अवस्था गम्भिर थियो । तर ४० दिनको उपचार पछि स्वास्थ्य अवस्थामा सुधार ल्याउन सफल भएका छौँ ।’

अक्सिजनको मात्रा न्यून भएर अस्पताल भर्ना भएकी पुुदनीलाई सास फेर्न सघाउन फिजियोथेरापिस्ट पूजा चन्द ठकुरी सक्रिय रहेकी थिइन ।

‘पहिलो दिनदेखि बिरामीलाई आउँदो दिनको लागि फिजियो हेरचाह आवश्यक हुन्छ। पुरानो निमोनिया र अक्सिजनको मात्रा ७५ भन्दा कम भयो भने हामीले छाती क्लियरन्सको लागि स्थिति र छाती पीटीमा मद्दत गर्दछौँ ।’ उनले भनिन्, ‘यसले बिरामीकोे श्वास व्यायाममा प्रगति गर्छ र पछि स्पिरोमिटर मार्फत श्वास प्रविधि सिकाएर बिरामीहरूको परिचालनका लागि अंग र छाती पीटी गर्नु पर्छ ।’

अक्सिजन मात्रा कम भएर सास फेर्न अफठ्यारो भएकी पुदनीको उपचारमा यही प्रविधि अपनाएर सफलता मिलेको उनको भनाई छ ।


अक्सिजन मात्रा कम भएर सास फेर्न अफठ्यारो भएकी पुदनीको उपचारमा यही प्रविधि अपनाएर सफलता मिलेको उनको भनाई छ ।

जीवनमरणको दोसाँधमा झण्डै डेढ महिना आइसियूको बेडमा बिताएकी पुदनीलाई स्वास्थ्यकर्मीले दोस्रो जीवन दिएको भन्दै परिवारका सदस्य खुसी छन् ।

स्वास्थ्यकर्मीको हेरचाहले आफू मृत्युको मुखबाट फर्किएको उनी बताउँछिन् । ‘अस्पताल पुग्दा मलाई होस नै थिएन । तर नर्स र डाक्टरहरुको हेरचाह तथा औषधीउपचारले कालको मुखबाट जोगिए ।’ उनले दैनिक सञ्चारसंग भनिन्, ‘४० दिन पछि कोरोना जितेकी छुँ ।’

महाकाली अस्पतालका चिकित्सकको रातदिनको मेहनत, हेरविचारले आफूले दोस्रो जीवन पाएको बताउँदै उनले डाक्टरहरुलाई आभार व्यक्त गरिन ।

‘नर्स र डाक्टरहरुले आफ्नो आमाको जस्तै हेरबिचार गर्नुहुन्थ्यो । बारम्बार सोधपुछ गरिराख्ने, समयमा औषधी खुवाउने, चेकजाँच गर्ने गर्नुहुन्थ्यो ।’ उनले भनिन्, ‘अस्पतालमा मैलेँ घरपरिवारको जस्तै वातावरण पाए ।’

कोरोनाका बिरामीले उच्च आत्मविश्वास राख्नु पर्ने तथा संक्रमणका सामान्य लक्षण देखिएमा तत्काल चेकजाँच गराउनु पर्ने उनले सुझाव दिएकी छन् ।

भिडिओ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम...

लोकप्रिय

Shares