Tuesday, July 27, 2021

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

महेन्द्रनगर ।
सुदूरपश्चिम प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।

२७ जेठमा प्रदेश प्रमुख गंगा प्रसाद यादवले प्रस्तुत गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमत पारित भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गरे ।

‘प्रस्तुत नीति तथा कार्यक्रमको प्रस्तावमा हुन्छ भन्ने भन्दा हुन्न भन्नेहरुको संख्या न्यून रहेकोले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछुँ ।’ सभामुख थापाले प्रदेश सभामा भने ।

प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममाथी छलफल पश्चात् बहुमतले पारित भएको हो । सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १ गते ४ बजेसम्मका लागि स्थगित भएको छ ।

सो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले अगामी वर्षको बजेट प्रस्तुत गर्ने कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम...

लोकप्रिय

Shares