Monday, July 26, 2021

तारालामा तामाङले प्रदेश सभामा भने– नेपाल–भारत सीमामा तारबार लगाउनु पर्छ

महेन्द्रनगर ।
सुदूरपश्चिम प्रदेश सभा सांसद तारालामा तामाङ्गले नेपाल–भारत सीमामा तारबार लगाउनु पर्ने माग गरेका छन् ।

प्रदेश प्रमुख गंगा प्रसाद यादवले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममाथीको छलफलका क्रममा बोल्दै नेकपा एमालेका सांसद तामाङ्गले नेपाल–भारत सीमामा तारबार लगाउनु पर्ने माग गरेका हुन ।

‘भारतले बढि जसो भूभाग अतिक्रमण गर्ने, गर्न खोज्ने तथा विकास निर्माणमा अवरोध गर्ने गरेको छ । कञ्चनपुरदेखि दार्चुलासम्म कहिँ पनि सीमा व्यवस्थित छैन् ।’ उनले भने, ‘ठूलो बजेट लगाएर ठूलो संरचना बनाउन नसके पनि केन्द्र सरकारसंग समन्वय गरेर भारतसंग तारबार चाही लगाउनु पर्छ ।’

अहिले पनि बेलौरीमा हुलाकी सडकको काम गर्न थाल्यो भने भारतीय एसएसबी आएर नेपालीलाई धम्क्याउने गरेको उनको भनाई छ । नेपाल–भारत सीमामा तारबार गरेमा भारतसंग सम्बन्ध नबिग्रिने उनको दाबी छ ।

‘एउटै बाआमाको कोखबाट जन्मेका छोरा त छुट्टिदा पर्खाल लगाछौँ । अनि राष्ट्रियताको सवालसंग जोडिएको विषयमा हामीले यो उठाउनै पर्छ ।’ उनले भने, ‘नीति तथा कार्यक्रममा आउँछ की सोचेको थिएँ तर आएन ।’

यस्तै नेपाल–भारत आवागमन व्यवस्थित गर्न प्रदेश सरकारले सुरु गर्नु पर्ने उनको माग छ । दार्चुलाको छाङरु, व्यासका स्थानीयलाई नेपाली नागरिक हौँ भन्ने अनुभव हुने गरी प्रदेश सरकारले काम गर्नु माग उनले अघि सारे ।

‘छाङरु, व्यासमा प्रदेश सरकारले केही काम गरेको छ । त्यहाँका बासिन्दालाई हामीहरु नेपाली हौँ, सुदूरपश्चिमेली हौँ भन्ने अनुभुत हुने गरी काम गर्नु पर्छ ।’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम...

लोकप्रिय

Shares