Tuesday, July 27, 2021

कञ्चनपुरमा नयाँ भेरियन्टको कोरोना देखा परेको आशंका (भिडिओ)

महेन्द्रनगर ।
कञ्चनपुरमा नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएको चिकित्सकले आशंका गरेका छन् ।

कोरोनाको ‘हटस्पट’ बनेको कञ्चनपुरमा नयाँ भेरियन्टको कोरोना देखा परेको आशंका चिकित्सकले गरेका हुन ।

कोरोनाको लक्षण देखिने तर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने गरेकाले नयाँ भेरियन्टको आशंका गरिएको महाकाली अस्पतालको कोभिड विभागमा कार्यरत डा. गोविन्द रोकायले बताए ।

उनका अनुसार यस्ता ४/५ बिरामी अस्पतालको सम्पर्कमा आएका छन् । भेरियन्ट परीक्षणका लागि स्वाब काठमाडौँ पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

भिडिओ

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम...

लोकप्रिय

Shares